Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुरक्षाका उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं । दोस्रो लहरको कोरोना भुसको आगोझैं फैलिइरहँदा राष्ट्रपति विद्यादेवी भण्डारीले महामारीविरूद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यका कारण नियन्त्रणोन्मुख रहेकामा केही समययता सङ्क्रमणको जोखिम पुनः बढेर गएकामा चिन्ता पनि व्यक्त गरेकी छन्। कोभिड–१९ महामारी विरुद्ध नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यताका कारण यो नियन्त्रण उन्मुख रहेकोमा केही समययता संक्रमणको जोखिम पुनः बढेर गएको हुनाले सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपायहरू अझ कडाईका साथ पालना गर्न म सबैमा हार्दिक आह्वान गर्दछु।


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल