Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपसहित गृहमन्त्रीको सपथ लिँदै बादल

काठमाडौं । पार्टीको धार छाडेर प्रधानमन्त्रीको धारतिर टाँसिएका रामबहादुर थापा बादल फेरि उपसहित गृहमन्त्रीको सपथ लिँदैछन् । माओवादी छाडेर नेकपा एमालेका नेता रामबहादुर थापा बादल अब राष्ट्रिय सभा सदस्य रहेनन् । नेकपा माओवादी केन्द्रले उनलाई पदमुक्त गर्न राष्ट्रिय सभामा निवेदन दर्ता गराएकामा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पदमुक्त भएको जानकारी गराएका हुन् । सांसद नरहेपछि बादल स्वतः मन्त्री रहेनन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई आजै गृहमन्त्रीको सपथ गराउने भएका छन् । विश्वस्त स्रोतका अनुसार बादल उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनाइने प्रधानमन्त्रीको ओलीको इच्छा रहेको छ । बदलले माओवादी केन्द्र छाडी ओलीलाई साथ दिएका थिए । राजनीतिक दलसम्बन्धी नियमावली अनुसार दल त्याग गरेमा सम्बन्धित दलले निर्णय गरेर सांसद पद खारेज गराउन सक्छ । बादल मन्त्री बनाइएमा ६ महिनामात्र पदमा रहन पाउनेछन् । सांसद नरहेको व्यक्ति ६ महिनासम्म मात्र मन्त्री बन्न पाउने प्रावधान छ ।