Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फ्लोर क्रस मन्त्रीको आज शपथ

काठमाडौं । पार्टीको ह्वि उल्लंघन गर्दै सरकारको पक्षमा मतदान गर्ने तीन जना प्रदेशसभा सदस्यलाई नेकपा एमालेले कारबाही गर्दा कर्णाली प्रदेश सरकारकाले भने पुरस्कृत गरेको छ । कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको शपथ आज हुने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार एमाले माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेकामा उनीहरुको शपथ आइतबार हुने तय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । नवनियुक्त मन्त्रीत्रयले मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएका थिए । यस्तै प्रकाश ज्वालाले पनि शाहीको पक्षमा मत दिएको भए पनि उनी भने मन्त्री बनेका छैनन् ।