Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पूर्व राजालाई स्वागत गर्न विमानस्थलमा भीड

काठमाडौं । छिमेकी मुलुक भारतमा राजाकै मानसम्मान पाएर चर्चा बटुलेका पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । आइतबार भारतबाट फर्किएका शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादीहरुले स्वागत गरेका थिए । कोरोना महामारीका बीच पनि ठूलो संख्यामा राजावादीहरु शाहको स्वागतमा विमानस्थल पुगेका थिए । भारतको हरिद्वारमा भएको कुम्भमेलामा सहभागी हुन गत चैत २६ गते पत्नी कोमल शाहसहित भारत गएका थिए । निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा उनी कुम्भमेलामा सहभागी हुन हरिद्वार पुगेका हुन् ।