Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संसद अधिवेशन अन्त्य भयो

काठमाडौं। सरकार परिवर्तनका लागि भ्यागुताको धार्नी पुर्याउने अभियानमा प्रतिपक्षी दलहरु लागिरहेको बेला सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । केही दिनभित्रै संसदको बजेट अधिवेशन आह्वन गर्नुपर्ने भएकाले चालु अधिवशने अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको बताइएको छ । सरकारको सो निर्णयलाई राष्ट्रपतिबाट सदर पनि भइसकेको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ। पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते शुरु भएको थियो। त्यसअघि नै प्रि–बजेटमाथि छलफल र नीति तथा कार्यक्रम ल्याउनु पर्ने भएकाले केही दिनभित्रै संसदको बजेट अधिवेशन आह्वान गर्नु पर्ने भएकाले संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको हो।