Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल समुहको स्थायी कमिटी बैठक

काठमाडौं । पार्टीमा चर्किएको विवाद मिलाउनु सट्टा उल्टै धम्काउन थालेपछि एमालेको कलह मैदानमा छरिएको छ । ओलीलाई सबक सिकाउन वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना योजना चलाइरहेका छन् । त्यो समूहको स्थायी कमिटी वैठक कलंकीको एक पार्टी प्यालेसमा बसिरहेको छ । भूगोल र जनसंगठनमा समानान्तर कमिटी बनाइरहेको यो समूहले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक आयोजना  गरेको हो । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले २३ फागुनको सर्वोच्च अदालतको फैसलाअनुसार विपरीत निर्णय लिएको भन्दै यो समूहले समानान्तर संगठन बनाइरहेको छ । अध्यक्ष ओलीले भने समानान्तर संगठन बनाएको भन्दै नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिना निष्कासन गरिएको पत्र थमाएको छ । ओलीले फेरि २७ सांसदलाई सांसद पदबाट किन निष्कासन नगर्ने भनी स्पष्टीकरण सोधेका छन् । स्पष्टीकरण सोध्ने निर्णय खारेजीको माग गर्दै नेपाल समूहले सर्वोच्चमा रिट समेत दायर गरेको थियो । तर त्यो रिट ओलीकै कारण कानून सम्बत भएन ।

 


सम्बन्धित समाचार