Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुवैको निशाना जसपा

काठमाण्डौ । प्रधानमन्त्री केपि ओलीले आफ्नो सत्ता टिकाउने मुल अस्त्रका रुपमा जनता समाजवादी पार्टीलाई बनाएका छन् । माओवादीले समर्थन फिर्ता लिने पनि एमालेको आन्तरिक कलह र जसपाको समर्थन कता भन्ने मै केन्द्रीत हुन पुगेको छ । अहंकार र दम्बले केपि ओलीले पार्टी फुटाए । सर्वाेच्च अदालत ओलीको मनपरि गर्ने कामको संरक्षक भयो । नेपाल प्रहरी शसस्त्र प्रहरी नेपाली सेना निष्पक्ष भएनन् । संवैधानिक अंग निर्वाचन आयोग नै नेकपा एमाले बालुवाटार कमिटीको शाखा भएको छ ।

प्रम ओली पार्टी विभाजन गरेर भए पनि जसपालाई सरकारमा ल्याउन चाहान्छन् । काग्रेसका लागि पनि जसपाकै साथ जरुरी छ । काग्रेस ६४ माओवादी ४९ ले सरकारको बहुमत पुग्दैन । यहाँ जसपा आउन साथ १७४ पुग्छ । त्यो भनेको संसदको बहुमत हो । एमाले एक्लै १२० भएकोले पार्टीबाट माओवादीलाई नखेदेको भए जसपा जस्तो दक्षिण पन्थी शक्तिको आश गर्नु पर्दैनथ्यो । ओली गुटले मुलुक एक्लै लुट्न माओवादीलाई खेदेको हो । त्यो खेदाई र नेपाल पक्षमाथिको पेलाईबाट संकट उसैले भोग्यो ।

केन्द्रमा ओलीगुट मच्चिदा ओली गुटका प्रदेश मुख्यमन्त्रीहरुको पद धरापमा परेको छ । गण्डकी प्रदेश धरमरायो । कर्णालीमा जात्रा देखियो । माओवादीका पाँच सांसद गृहमन्त्री राम बहादुर थापाले समेत सांसद गुमाएका छन् । जेठ ९ गते बागमति प्रदेशको सांसदको चुनाव हुदैछ । ओली गुटले गरेका अवैध काम रोक्न खटेका बामदेव गौतम देखि माधव नेपालसम्मको पहल सफल हुने छाँटकाँट छैन ।

जीवन्त पार्टीमा द्वन्द हुन्छ । विषयगत विवाद पनि हुन्छ । सैद्दान्तिक बहस हुन्छन् । विधि प्रकृयाका विषय उठाइन्छ । पार्टीमा वृहत छलफलको परिणाम त राम्रै हुन्थ्यो । तर पार्टीका बारेमा छलफल नगरिकन नेकपाको तीनवर्ष बित्यो । सरकारका कार्यक्रम पार्टीमा छलफल भएनन् । पार्टीका योजना अनुसार मात्र होइन चुनावमा जनतासँग गरेका बाचा कवोल समेत ओली सरकारले पूरा गरेन । कामै नभएको विषयमा गर्व गर्ने ठाँउ हुदैन । तर प्रधानमन्त्रीले बजेट नभएका योजनाको हतारमा शिलान्यास गर्दा आफ्नो नाम रहन्छ भन्ने आश गरे । उनी पदका लागि कति चिन्तीन छन् ?

काग्रेसले जसपालाई प्रधानमन्त्री पद दिन्छु भन्ने हो भने जसपाले ओली सरकारको लालीपप छाडेर प्रम को हुने भन्ने लडाँइ त्यहाँ हुनेछ । जसपालाई राष्ट्रिय चिन्ता भनेकै कन्चनपूरा हत्या काण्डका रेशम चौधरी बनेका छन् । जसलाई अदालतले नै सर्वस्व सहित आजीवन कारबास तोकेको छ । यो काण्डमा चौधरी एक्ला होइनन् थारु हटले उठाएको नेपाल एक र मधेसीले उठाएको विखण्डनको विरुद्धको मुद्दा पनि जोडिनु पर्छ । राजेन्द्र महत्तो उपेन्द्र यादवहरु मधेस विभाजनको डिजाइनमा थिए । देशबाट मधेस टुक्रिन्छ भन्ने महन्त ठाकुर कहाँबाट निर्देशीत छन् थाहाँ पाउन कठिन छैन ।


सम्बन्धित समाचार