Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रूसी राजदूतलाई प्रधानमन्त्रीको आग्रह, तत्काल खोप चाहियो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रूसी राजदूत अलेक्सेई नोभिकोभलाई तत्काल कोरोनाको खोप उपलब्ध गराउन आग्रह गरेका छन् । रूसी राजदूत नोभिकोभसँग बिहीबार भएको भेटमा प्रधानमन्त्री ओलीले नेपालले रूसबाट खरिद गर्ने क्रममा रहेको कोभिड विरुद्धको खोप तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न आग्रह गरेका हुन् । जवाफमा राजदुत नेभिकोभसहितका प्रतिनिधिहरुले त्यसतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिएका छन् । भेटमा दुईपक्षीय सम्बन्धका अन्य आयाममाथि पनि चर्चा भएको थियो । दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएका प्रयासहरुलाई थप गति दिने विषयमा छलफल केन्द्रित भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।


सम्बन्धित समाचार