Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देलान् त बादलले उम्मेदवारी

काठमाडौं । कम्युनिष्ट पार्टीको आन्तरिक द्वन्द्वले निम्त्याएको सत्यानासअन्तर्गत आगामी जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयन दर्ता गर्ने मिति तोकेको हो । उम्मेदवारले अहिले विहान १० बजेदेखि दिउँसो चार बजेसम्म मनोनयन दर्ता गर्न सक्नेछन् । उम्मेदवारको नामावली पनि आजै प्रकाशित हुँनेछ । माओवादी केन्द्र, कांग्रेससहितका विपक्षी दलले साझा उम्मेदवारका रुपमा डाक्टर खिमलाल देवकोटालाई उठाउने भएका छन् । एमालेले भने रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भने पनि टुङ्गो लागिसकेको छैन । विपक्षी गठबन्धन बलियो देखेपछि बादल उम्मेदवार बन्न हचकिएका छन् । उनले आफू सकेसम्म नउठ्ने पक्षमा रहेको जानकारी पार्टी बैठक दिइसकेका छन् ।


सम्बन्धित समाचार