Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीलाई एक्ल्याएर पुग्न लाग्यो बहुमत

काठमाडौं । सत्ताको खेलमा सत्तापक्ष र प्रतिपक्ष उत्तिकै जोडदार रुपमा लागिरहेका छन् । नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच सहमतिको सम्भावना बढेसँगै नयाँ राजनीतिक परिस्थिति विकास भएको छ । एमाले एकताको माहोल तयार हुँदै गर्दा ओलीविरोधी गठबन्धन मजबुत हुने अवस्था बन्दै गएको छ । ओली र नेपालबीच सहमतिसँगै कार्यदल गठन भई काम बढेको छ । योसँगै एमाले एकता टरेको छ । ओली एमाले एकताबाट बलियो हुने अवस्थामा पुगेका छन् । एकातर्फ एमाले एकता बलियो बन्ने वातावरण विकास भएको छ अर्कोतर्फ ओलीविरोधी गठबन्धन बलियो बन्दै गएको छ । गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षधर छन् । तर, यादवले हिजो अध्यक्ष महन्थ ठाकुरसँग ८ बुँदे सम्झौता गरिसकेका छन् । यादव र ठाकुरबीचको सम्झौता जसपाले सरकारको नेतृत्व दाबी गर्ने सहमतिको बुँदा समावेश गरी भएको हो । अब ओलीविरोधी गठबन्धनले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने सहमति बनाएमा बहुमत बन्न सक्छ । सरकारको नेतृत्व पाएमा जसपाका सबै ३२ सांसद एक भई ओलीविरोधी गठबन्धनको पक्षमा हुनसक्छन् । केही सांसद असन्तुष्ट भएपनि गठबन्धन बहुमत नपुग्ने अवस्थामा हुने सम्भावना कम छ । काँग्रेसको ६१, माओवादी केन्द्रको ४९ र जसपाको ३२ गरी १४२ सांसद संख्या पुग्छ । प्रतिनिधि सभामा तत्काल कायम रहेको २६७ सदस्य संख्याका लागि १३४ सांसद संख्या भए पुग्छ । त्यसकारण पनि ओलीविरोधी गठबन्धन बन्न सक्छ । एमाले एकताको रिएक्सन ओलीविरोधी गठबन्धन बलियो बन्नेतर्फ बढेका छन् । अब ओलीलाई विश्वासको मत लिन असफल बनाएर संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार निर्माणतर्फ ओलीविरोधी गठबन्धन लागेका छन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल