Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सूर्य माधवतिर खनिँदा, गुरु पत्रकारकै खेदो खन्दै

काठमाडौं । सामाजिक सञ्जालमा अहिले सरकारको मध्यावधि निर्वाचनमा जाने निर्णयमा बहस शुरु भएको छ । कोही विरोधमा उत्रिएका छन् भने कोही सत्ताको बचाउमा लागेका छन् । यही बेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा भने माधव नेपालको खेदो खन्देछन्, उनले सामाजिक सञ्जालमा लेखेका छन्,
माधव कु. नेपालका ५ अक्षम्य अपराधहरू –
१. कर्णाली प्रदेशमा फ्लाेरक्रसकाे निर्देशन, मुख्यमन्त्री बन्ने निश्चितताकाे अन्त्य र प्रचण्डकाे हितमा सहयाेग –
२. लुम्बिनी प्रदेशमा मुख्यमन्त्री विरूद्द गठबन्धन निर्माणमा गाेप्य साँठगाँठ, विमला ओलीलाई माकेमा प्रवेश गराउन तथा दृगराज पाण्डे र अमरबहादुर डाँगीकाे बिक्री तथा रहस्यमय राजिनामाकाे लागि गुप्त निर्देशन-
३. प्रतिनिधिसभामा आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले विश्वासकाे मत लिने दिन आफूसहित २८ सांसदलाई अनुपस्थित हुन विपक्षीहरूसँग साँठगाँठ –
४.वागमति प्रदेशमा पार्टीका उम्मेदवार रामबहादुर थापालाई पराजित गर्न स्वतन्त्र उम्मेदवारी, निर्देशन उल्लंघन र नग्न गुटबन्दी तथा षड्यन्त्रका साथ पार्टीविराेधी व्यक्तिलाई मतदान ।
५. नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन जालसाजी, कृत्ये र हस्ताक्षर दुरूपयाेग गरी २७ जना सांसदकाे साथ रहेकाे कथित लिखित फर्जी समर्थन, राष्ट्रपति कार्यालयमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल र उपेन्द्र यादवसँगै चाैथाे वरियतामा उपस्थित ।
नेकपा एमालेकाे नेतृत्वमा रहेकाे सरकार ढालेर जनमतविपरित नेपाली काँग्रेसकाे गठबन्धनमा सामेल हुन र जनतालाई घात गर्न श्री माधव कु. नेपालले गरेका अपराधहरूकाे भ्रत्सना गराैं !
अपना नाम धुन्धुकारी कहाे पट्टु !  विचरा –

ओली सत्ताको रक्षामा नांगै उभिएका, पदको गरिमा समेत बचाउन रेल विभागका महाप्रबन्धक गुरु भट्टराई लेख्छन्, ओली सत्ताको रक्षामा नांगै उभिएका, पदको गरिमा समेत बचाउन रेल विभागका महाप्रबन्धक गुरु भट्टराई लेख्छन्, , हैट, साँढे ३ बजे यसो उठेर हेरेको , अनलाइन खबरका सइन्द्र राइ रातभरी सुतेनछन, ३:२२ मा “फेरी फर्काइयो पुष ५” शिर्षकमा संसद बिघटन षडयन्त्र गरेर गरियो भनेर लेखेछन । लोकतन्त्र र संबैधानिक प्रबन्ध भित्र गरिने र हुने कुरा षडयन्त्र हुने भए कसलाइ सोधेर गरे चै सही हुने हो? यस्तो बयान लेखेछन कि मानौ अरुले लोकतन्त्र, दलिय ब्यबस्था, संसदिय मर्यादा सबै बिर्सेंर नौंटंकीको पराकाष्ठा नै नाघ्नु संबैधानिक र अग्रगमन हुने, अनि ओलीले संबिधान कानुन बमोजीम कदम नचाली बिपक्षीले जे जे भन्छन त्यसमा मुन्टो हल्लाउदै जानु पर्ने । कसैले सरकार बनाउन सकेनन, चुनावमा जाउँ भन्दा यीनको पिसाब उम्किने चै किन के? सरकार नबन्ने भएपछी चुनाव नगरेर के महाराजधिराजले झै देश चलाउने? यस्ता लोकतन्त्रका पाठ नपढाउ सइन्द्रजी ! मिसनकारीताका पिडा र रोदन किन के का लागी हो भन्ने सबैले थाहा पाएका छन । अब मुटु छियाछिया पारेर रुन छोडेर सम्हाल आफुलाइ, नत्र बिरामी परौला ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल