Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एकाएक देउवा किन यसरी रन्किए ?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई भित्रभित्रै समर्थन गरे पनि लोक लाज ढाक्ने नाममा विरोध गर्दै आएका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभपाति पछिल्लो पटक संसद विघटन भएपछि भने निकै आक्रामक शैलीमा उत्रिएका छन् । यस पटक चाहिँ देउवालाई साँच्चै रिस उठेको आभाष उनका अभिव्यक्तिबाट हुन थालेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव पक्ष, एमालेबाट निश्काषित माधव कुमार नेपाल पक्ष र जनमोर्चाको विपक्षी गठबन्धन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूत गर्ने तयारीमा जुटेको छ । विपक्षी गठबन्धनमा नेताहरुले ओली सरकारले एकपछि अर्को गरेर संविधानमाथि घात गरेको र यसको मर्म र भावना कुल्चिएको निश्कर्ष निकालेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेबाट निश्काषित नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी सांसद दुर्गा पौडेलले संयुक्त विज्ञप्ती जारी गरेर असंवैधानिक कामको आलोचना गरेका छन् । उनीहरुले सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि कामकारवाही नगर्न चेतावनी समेत दिएका छन् । आजको बैठकमा ओलीप्रति सबैभन्दा बढि आक्रामक रुपमा देउवा खनिएका थिए । उनले अदालतले संसद् पूनःस्थापना गर्ने विश्वास दिलाएका थिए । तर, ओली सरकारले गरेका असंवैधानिक निर्णय र गतिविधि अब सह्य नहुने भन्दै आवश्यक परे कडा संघर्षमा उत्रिनुपर्ने पनि देउवाको भनाई थियो । यसअघिको विपक्षी गठबन्धनको बैठकमा देउवा ओलीसँग नरम रुपमा प्रस्तुत हुँदै आएका थिए । उपेन्द्र यादवले सरकारविरुद्ध कडा खालको संघर्ष गर्नुपर्ने आवश्यक औंल्याएका थिए । यादवको प्रस्तावमा माधव नेपाल र प्रचण्ड दुवै सहमत थिए । तर, देउवाले कोरोना महामारीका कारण तत्काल सडकमा जाँदा नराम्रो सन्देश जाने धारणा राखेका थिए ।
सभापति देउवाले ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत एकपछि अर्को गरेर असंवैधानिक काम गरेको र मुलुकलाई अँध्यारो मार्गमा अघि बढाएको भन्दै विरोध गरेका छन् । अहिले प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा दायर रिटमाथि सुनुवाई सुरु भएको छ । देउवा संसद् पूनःस्थापना हुनेमा विश्वस्त छन् । यो सँगै उनले सरकारविरुद्ध विरोध तथा प्रदर्शन र आन्दोलन अघि बढाउनुपर्ने भन्दै यसको लागि तयार हुनुपर्ने आजको बैठकमा धारणा राखेका थिए । उनले आजको बैठकमा भनेका थिए, हामी विधि, कानूनी शासन र संविधानअनुसार चल्नुपर्छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल