Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चोलेन्द्र श्रीमान् ब्याक हुँदा सत्तालाई कस्तो पर्ला असर ?

काठमाडौं । संवैधानिक इजलास गठनप्रति चौतर्फी प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वरिष्ठताको आधरामा संवैधानिक इजलास गठन गर्न राजी भएका छन् । सर्वोच्च अदालतका बार प्रतिनिधिहरुको सुझावपछि प्रधानन्यायाधीश जबराले वरिष्ठताको आधारमा इजलास गठन गर्ने प्रतिबद्धता जनाएको सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए । उनकाअनुसार आजको सुनुवाई स्थगित हुने सम्भावना छ । प्रधानन्यायाधीश जबरासँगको भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै शाक्यले भने, प्रधानन्यायाधीशज्यूले कार्यसञ्चालन नियमावली परिमार्जन गरेर वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने जानकारी दिनुभयो, उहाँले एक साताभित्रै नियमावली परिमार्जन गर्ने बताउनु भएको छ। उक्त नियामावली परिमार्जन गरेर फुल कोर्टबाट पारित गर्ने तयारी छ । अब नयाँ बन्ने संवैधानिक इजलास पनि चोलेन्द्र श्रीमानकै फेबरमा चल्ला कि संविधानको पाना पल्टाउनतिर लाग्ला ? यदि चोलेन्द्र श्रीमानको इशारामा चल्यो भने मुलुक निर्वाचनमा जान सक्ला तर संविधानका धारा पल्टाउन थालियो भने फेरि संसद पुनस्थापना हुने कानुनका ज्ञाताहरुले बताउन थालेका छन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल