Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सबै बैंकहरुले आजदेखि कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति

मंगलबारदेखि लागू हुने गरी बाणिज्य बैंकहरुले कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ ब्याजदरमा सामान्य हेरफेर भएको बैंकहरुले जनाएका छन् । कुन बैंकको ब्याजदर कति छ, तल प्रस्तुत गरिएको छ ।
राष्ट्रिय वाणिज्य बैंक
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५।५०५ देखि ७।२५५ र संस्थागत मुद्दती निक्षेपमा ५५ देखि ६।५०५ सम्म ब्याजदर कायम भएको छ । बैंकले बचत खातातर्फ न्यूनतम ३५ देखि ५५ सम्म ब्याजदर तोकेको छ । यस बैंकले चैत महिनाको आधार दर ५।५०५ अनुसार कर्जाको ब्याजदर निर्धारण गरेको छ । बैंकले यसमा १५ देखि ३५ सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह हुने जनाएको छ । स्थिर कर्जाको लागि ९५ देखि ११५ सम्म ब्याजदर निर्धारण गरेको छ ।
सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी कमर्सियल बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ८५ कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतीको ब्याजदर हो । बचतको न्यूनतम ब्याज ३५ र अधिकतम ५५ तोकेको छ । यता, बैंकको वैशाख मसान्तसम्मको आधार दर ७।५३५ रहेको छ । यसमा ६५ सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिने जनाएको छ । स्थिर कर्जाको लागि ११।४९५ देखि १२।९९५ ब्याज दर निर्धारण गरेको छ ।
नेपाल एसबीआई बैंक
यस बैंकले बचतको ब्याज २।५५५ तोकेको छ भने व्यक्तिगत मुद्दतीको अधिकतम ७।५०५ तोकेको छ । यता, बैंकको वैशाख मसान्तसम्मको बेस रेट ७।५६५ छ । यसमा न्यूनतम १।५०५ देखि अधिकतम ५५ सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने बैंकले जनाएको छ ।
सनराइज बैंक
सनराइज बैंकले बचतमा न्यूनतम २५ देखि अधिकतम ३।५०५ सम्म ब्याज निर्धारण गरेको छ । यता, मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७५ ब्याज निर्धारण गरेको छ । वैशाख मसान्तसम्मको बैंकको आधार दर ६।८८५ रहेको छ । यसमा ६५ सम्म प्रिमियम थप गरेर बैंकले कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम १०।५०५ देखि अधिकतम १२।५०५ सम्म तोकेको छ ।
नबिल बैंक
नबिल बैंकले बचतमा न्यूनतम २।५१५ देखि अधिकतम ४।५१५ सम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतीमा अधिकतम ७।०१५ ब्याज दिनेछ । ३ महिनाको मुद्दतीको ब्याजदर ५।०१५ छ । बैंकको वैशाख मसान्तसम्म बेस रेट ५।८४५ छ । यसमा ७५ सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्नेछ । स्थिर ब्याजमा घर कर्जाको लागि बैंकले न्यूनतम ८।४९५ देखि ११।५०५ सम्ममा कर्जा दिने छ ।
एनएमबि बैंक
एनएमबि बैंकले बचतको न्यूनतम ब्याजदर ३।६०५ र अधिकतम ५।६०५ तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७।८०५ र न्यूनतम ६।५०५ निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७।१९५ रहेको छ । यसमा अधिकतम ५५ सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह हुनेछ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले बचतको न्यूनतम ब्याज २।५०५ देखि अधिकतम ४५ सम्म तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७५ र न्यूनतम ६।५०५ कायम गरेको छ । वैशाख मसान्तसम्म बैंकको आधार दर ५।९८५ छ । यसमा अधिकतम ५५ सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिनेछ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले बचतको न्यूनतम ब्याज ३।१०५ देखि अधिकतम ४५ सम्म निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतीको ब्याज ७।५१५ छ । चैत मसान्तसम्म बैंकको आधारदर ७।०९५ छ । यसमा बैंकले ७५ सम्म प्रिमियम थप गरेर कर्जा दिनेछ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम ९।८९५ देखि अधिकतम १२।२४५ ब्याजदर निर्धारण गरेको छ ।
हिमालयन बैंक
हिमालयन बैंकले बचतको न्यूनतम ब्याजदर २।७५५ र अधिकतम ४।५०५ तोकेको छ । व्यक्तिगत मुद्दतीको न्यूनतम ब्याजदर ४।७५५ र अधिकतम ब्याजदर ७।७५५ निर्धारण गरेको छ । बैंकको चैत मसान्तसम्मको अधारदर ६।७५५ रहेको छ । यसमा अधिकतम ५५ सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्नेछ ।
प्रभु बैंक
बैंकको चैतसम्मको आधार दर ७।०६५ छ । यसमा ५५ सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ । स्थिर ब्याजदरको लागि न्युनतम ९।९९५ देखि अधिकतम ११।९९५ सम्म ब्याजदर निर्धारण गरेको छ । प्रभु बैंकले बचत खातामा न्यूनतम २५ देखि अधिकतम ४५ सम्म ब्याजदर तोकेको छ । मुद्दती निक्षेपमा व्यक्तिगततर्फ न्युनतम ५।५०५ र अधिकतम ७५ सम्म ब्याजदर दिनेछ ।
कुमारी बैंक
कुमारी बैंकले बचत खातामा न्यूनतम २५ देखि अधिकतम ४५ ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६५ देखि ७५ सम्म ब्याजदर तोकेको छ । त्यसैगरी कर्जातर्फ विभिन्न प्रकारको लोनमा आधार दरमा अधिकतम ७५ सम्म प्रिमियम तोकेको छ । बैंकको वैशाख महिनामा आधार दर ७।६३५ छ । बैंकले न्यूनतम १०।५०५ देखि अधिकतम ११५ सम्ममा स्थिर कर्जा तोकेको छ ।
सिद्धार्थ बैंक
बैंकले बचतमा न्यूनतम २।५५ देखि अधिकतम ४५ सम्म ब्याजदर दिने उल्लेख गरेको छ । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम ६।५५ देखि अधिकतम ७५ सम्म ब्याजदर दिनेछ । यता, यसको वैशाख महिनामा आधार दर ६।७५५ छ । बैंकले विभिन्न प्रकारका ऋण दिँदा आधार दरमा ५५ सम्म प्रिमियम थप गर्ने जनाएको छ । स्थिर ब्याजदरको लागि बैंकले न्यूनतम ८।४९५ देखि अधिकतम ११।४९५ सम्म ब्याजदर निर्धारण गरेको छ ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले बचतको न्यूनतम ब्याजदर २।७६५ र अधिकतम ४।५०५ तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७।५०५ र न्यूनतम ७।७६५ निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७।१४५ रहेको छ । यसमा अधिकतम ६।९९५ सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम १०५ देखि अधिकतम ११५ सम्म ब्याजदर निर्धारण गरेको छ ।
नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले बचतको न्यूनतम ब्याजदर २।७५५ र अधिकतम ४५ तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७।७५५ र न्यूनतम ७।२५५ निर्धारण गरेको छ । बैंकको चैत मसान्तसम्मको आधारदर ९।८९५ छ । यसमा अधिकतम ५५ सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण गर्ने बैंकले जनाएको छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९।९९५ देखि अधिकतम १२।९९५ सम्म ब्याजदर निर्धारण गरेको छ ।
एनसीसी बैंक
एनसीसी बैंकले बचतको न्यूनतम ब्याजदर २।५०५ र अधिकतम ५५ तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ८५ र न्यूनतम ७५ निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७।४१५ छ । यसमा अधिकतम ५५ सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९।२५५ देखि अधिकतम ११५ सम्म ब्याजदर निर्धारण गरेको छ ।
बैंक आफ काठमान्डू
बैंक आफ काठमान्डूले बचतको न्यूनतम ब्याज २।५०५ र अधिकतम ४५ राखेको छ । एक वर्षभन्दा माथिको व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७५ कायम गरेको छ । बैंकको वैशाख मसान्तसम्मको आधार दर ७।०४५ रहेको छ । यसमा ५५ सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिने बैंकको भनाइ छ ।