Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दल छाड्दा क–कसको जागिर चट् (सूचीसहित)

काठमाडौं । केन्द्रमा देखिएको दलीय विभाजनले स्थानीय सरकारसमेत प्रभावित बनेका छन् । नेकपा माओवादी केन्द्र छाडेर एमाले रोजेका स्थानीय तहका १४ जनप्रतिनिधि पदमुक्त भएका छन् । निर्वाचन आयोगले आज एक सूचनामार्फत उनीहरूको पद रिक्त भएको जानकारी गराएको हो । माओवादी केन्द्रको अनुरोधको आधारमा उनीहरूको पद रिक्त भएको आयोगले जनाएको छ । पद रिक्त हुनेमा २ जना मेयर, ५ जना उपमेयर, केही गाउँपालिका अध्यक्षसहित विभिन्न जिल्लाका वडाध्यक्ष र सदस्य छन् । उनीहरू अधिकांश रौतहट र कैलालीका हुन् । सोमबारको आकस्मिक केन्द्रीय कमिटी बैठकको निर्णयको माइन्युटसहित माओवादी केन्द्रले २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका उनीहरू एमाले प्रवेश गरी पार्टी परित्याग गरेकोले त्यस्तो पद स्वतः रिक्त हुने भन्दै आयोगसमक्ष कारवाहीको पत्र बुझाएको थियो ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल