Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शिक्षामन्त्रीको आदेश जनक शिक्षाले नै टेर्दैन अरुले कसरी टेर्छन

गत जेठ २६ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको पुरानै नक्सा भएको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका थिए । मन्त्री श्रेष्ठले पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको बैठकमा लिम्पियाधुरा, लिपुलेक नसमेटिएको नक्सा प्रकाशन भएको पुस्तक जफत गर्न निर्देशन त दिए । तर, त्यसलाई सरकारी छापाखाना जनक शिक्षा सामग्री केन्द्रले नै अवज्ञा गरेको छ । सरकारको समेत स्वामित्व रहेको प्रकाशन गृह जनक शिक्षाले बजारमा पुरानै नक्सा समावेश भएको पाठ्यपुस्तक बजारमा पठाएर सरकारलाई चुनौती दिएको हो । नयाँ शैक्षिक सत्र सुरु भएसँगै पुस्तक खरिद गरेका बिद्यार्थी अभिभावकको हातमा पुरानै नक्सा भएको पुस्तक परिरहेको छ ।
पाठ्यक्रम विकास केन्द्र मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले पनि अनुगमनको रुपमा त्यस्तो पाइएको बताए । उसले नयाँ नक्सा छापिएको पुस्तकले ‘रिप्लेस’ नगरे कारवाही गर्ने बताए ।