Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इमान्दार भए के हुँदैन ?

रुपन्देही । तस्करहरुलाई तह लगाउन राजस्वका कर्मचारी भन्दा फौजी कर्मचारी कै सकृयतालाई जनताले विश्वास गर्न थालेका छन् । सिमा सुरक्षा सतर्कतालाई महत्व दिदै रुपन्देहीका शसस्त्र प्रहरी एसपी राजेश उप्रेती र जनपथ प्रहरीका एसपी मनोज कुमार केसीले आफूले कार्यभार समालेको महिना दिन नबित्दै सुरक्षा फौजको इमानदारिता देखाउन थालेका छन् । रुपन्देहीलाई तस्कर तथा माफीया गिरोहले आफ्नो लागि स्वण भूमि मान्दछन् । रुपन्देहीसँग जोडिएको कपिलवस्तु कृष्ण नगर नाका बेला बखत विवादमा पर्छ । तर बुटवल, भैरहवा क्षेत्रमा सुरक्षा निकायको कडा निगरानीका कारण अहिले राजस्व चुहावट नियन्त्रणमा आएको स्थानिय जनताको भनाइ छ । सिमा क्षेत्रका जिल्लाहरुमा नेपाल भारत बिच आदान प्रदान हुने काम सहज हुन्छ । भारतमा लकडाउन हुँदा रोजगारी गुमाएका नेपाली नागरिकहरुको आफ्नो घर फिर्ता हुने समयमा पनि सिमा क्षेत्र तनावै थियो । सुरक्षा फौजले बुझेको अपराध नियन्त्रण र राजस्व वृद्दिमा इमान्दारिता देखाउने हो भने प्रतिष्ठान उनीहरु कै बढ्ने हो । समाजले इमानदारलाई साथ दिन्छ । यति खेर नेपाल प्रहरीका मनोज कुमार केसी शसस्त्र प्रहरी २७ नं गणका राजेश उप्रतिको कामले रुपन्देहीमा जस पाउन थालेको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल