Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

को होला त्यो देउवाविरुद्ध उभिने साझा उम्मेदवार ?

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनको मिति नजिकिँदै जाँदा काँग्रेस सभापतिका आकाक्षीहरु बढिरहेका छन् । नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवा इतर समूहको बैठकले १४औं महाधिवेशनमा साझा उम्मेदवार अगाडि सार्ने सहमति गरेको छ । वत्तीसपुलतीमा बसेको देउवाइतर समूहका सभापतिका आकांक्षीहरुको भेलाले उक्त सहमति गरेको हो । साझा उम्मेदवार लोकप्रीयता र क्षमताको आधारमा तय गरिने समेत बताइन् । अहिले को उम्मेदवार बन्ने तय नभएको र उचित समयमा छलफल गरी निर्णय लिइने बताइएको छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा नरहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि पुगेका थिए । सिटौलाको पछिल्लो समय पौडेलसँग निकटता बढेको छ । उनले पनि सहमतिमा उम्मेदवार बढाउन आफू तयार रहेको बताएको बुझिएको छ ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा सशांक कोइराला, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा शेखर कोइराला, सुजाता कोइराला, डा रामशरण महत, अर्जुननरसिंह केसी सहभागी थिए । उनीहरु सबैजना सभापतिका आकांक्षी हुन् । पौडेलले एकपटक आफूलाई सहयोग गर्न आग्रह गर्दै आएका छन् । कोइराला परिवारका तीन सदस्य र प्रकाशमान सिंह पनि मुख्य दाबेदार छन् । पावर सेयरिङ गरेर सहमति निकाल्ने प्रयास चलिरहेको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल