Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा चीनले एमाले र माओवादी एकताका लागि मैत्रीपूर्ण सुझाव नेपालमा रहेकी चिनिया राजदूतमार्फत् सुझाएको छ । भर्खरै मात्र विभाजित एमाले–माओवादी एकता सम्भव छ ? यदि सम्भव छैन भने वाममोर्चाको एकतामार्फत् निर्वाचनमा जान उपयुक्त देखिन्छ । विभाजित माधव नेपाल समूहको चिनियाँहरूले नामै नलिनु र माओवादी–एमाले एकतातर्फ केन्द्रीत हुनुलाई राजनीतिक रुपमा चिनको परिपक्व विश्लेषण भन्नुपर्ने हुन्छ । किनभने एमालेभित्र माधव नेपाल बोकेर खेल्न खोज्नु नै प्रचण्डको राजनीतिक आत्महत्याको यात्रा थियो । माधव नेपाल त्यस्ता पात्र हुन् जसले नेकपा विभाजन गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । कम्युनिष्ट आवरणमा विक्रम संवत ३० को दशकदेखि सिआइए, क्रिश्चियन र रअको काम गरेका नेपाललाई अगाडि सारेर प्रचण्ड ओलीसँग पौठेजोरी खेल्नु ओरालो र आत्मघाती यात्रा थियो । हुन त विशेष गरेर एकीकरण पछि बनेको नेकपामा विभाजन ल्याउन ओलीको पनि कम भूमिका छैन ।
एमसीसीमार्फत् इन्डो अमेरिकी एजेन्डा बोकेर साढे जस्तो बनेका केपी ओली भारत र अमेरिकाको साथ भएपछि चीन केही होइन भन्ने दम्भ र अहंकारको चुली सगरमाथा भन्दा पनि अग्लिएको थियो । जब युरोपियन क्रिश्चियन मेशिनरीले एमाले विभाजन गराइदियो । बल्ल ओलीले आफ्नो हैसियत थाहा पाए । तथापि अदालतको कू मार्फत् सत्ताबाट ओली विस्थापन भए पनि एमाले सत्ता बाहिरै रहे पनि चुनावी रणनीतिमा वाममोर्चा बन्न सकेन भने प्रचण्डको राजनीतिक अवशान मात्र हुने छैन कम्बोडियामा पोलपोटको पतनपछि युद्धकालिन चिहानहरू खोतलिएजस्तै माओवादीले हत्या गरेका नागरिकहरूको चिहान खोतलिने छ । तथापि राष्ट्रघाती एमसीसी परियोजनामा अडान लिएर प्रचण्डले आफूलाई उभिने स्पेश राखेका छन् । यो अवस्थामा न्युनतम राजनीतिक सहमतिका साथ वाममोर्चा निर्माण नै निर्वाचनका लागि उपयुक्त माध्यम हो । ओली शक्तिशाली हुँदाको अवस्था एमसीसीले देखाइसकेको छ भने प्रचण्ड शक्तिशाली हुँदा क्रिश्चियन र जातीवादीहरूले टाउको उठाउनेछन् । यी दुवै प्रवृत्ति नेपालको राष्ट्रियता, स्वधर्म संस्कृति विरोधी र चीन विरोधी एजेन्डा पनि हुन् । यति हुँदाहुँदै पनि नेपालको वामपन्थी जनमत देशभक्त, जनतान्त्रिक र चीनमैत्री हो । यसर्थ वामपन्थी जनमतको रक्षा गर्दै कम्युनिष्ट ब्यानरमा बोकिएका क्रिश्चियन, पश्चिमा आइएनजीओ, इन्डो पश्चिमा एजेन्डा परास्त गर्दै अघि बढ्नुपर्ने अवस्था छ । त्यो मार्ग भनेको वैदिक साम्यवादी मार्ग हो ।
कम्युनिष्ट पार्टीको स्थापना कालदेखिनै भारत र पछि गठन भएको रअको काम गर्दै आएका पुष्पलाल, मोहनविक्रमहरू र क्रिश्चियन मेशिनरीको बफादारीता निभाउँदै आएका निर्मल लामा, मोहन वैद्य, पद्मरत्न तुलाधर, माधवकुमार नेपाल, सुभाष नेम्वाङ प्रवृत्ति अहिले पनि वामपन्थी राजनीतिमा टकराई रहेको छ । यो सारमा कम्युनिष्ट ट्रेडमार्कभित्रको नेपाल विरोधी र चीन विरोधी प्रवृत्ति थियो । तर जनमत देशभक्त चीनमैत्री हो । नेपाली राजनीतिमा चीन, रुस मैत्री साम्राज्यवाद विरोधी धाराको नेतृत्व नेकपाका संस्थापक डा. केशरजंग रायमाझीले स्थापनाकालदेखिनै लिनुभएको थियो । माओत्सेतुङसँगको सल्लाह र भेटघाटपछि उहाँले राजा महेन्द्रसँग सहकार्य गर्नुभयो ।
तत्पश्चात् पुष्पलालजस्ता रअका एजेन्ट र नेकपा चौथो महाधिवेशनका घटक क्रिश्चियन एजेन्टहरूले गद्दार रायमाझी भनेर आक्रमण गर्न शुरु गरे । यिनीहरू कुरा माओविचार र माओवादका गर्ने तर काम भारत र पश्चिमाको गर्दथे । पुष्पलालले चीनको जासुसी गरेर भारतलाई सूचना बिक्री गर्ने गरे भने चौथो महाधिवेशनका घटकहरूले पश्चिमालाई सूचना बिक्री गर्ने गरे । यसकारण अन्तराष्ट्रिय कम्युनिष्ट फोरममा चीनले होस् या रुसले सधैं रायमाझीलाई निमन्त्रणा ग¥यो । पुष्पलाल, मोहनविक्रम, मोहन वैद्य, निर्मल लामा जस्ता युरोपियन, क्रिश्चियन र अमेरिकी एजेन्टहरूलाई इतिहासमा विश्व कम्युनिष्ट आन्दोलनका कुनै पनि फोरममा निमन्त्रणा दिइएन । यो रेकर्डमा रहेको कुरा हो । जबकि यिनीहरूनै सबैभन्दा बढी क्रान्तिको नारा दिने गर्दथे । यस्तो पृष्ठभूमिबाट विकसित नेपालको कम्युनिष्ट धारा चीनले सुझाएजस्तो सहज एकता कति सम्भव छ ? आफैंमा प्रश्नचिन्ह खडा छ ।
प्रचण्ड नेपाली राजनीतिका अस्थिर पात्र हुन् । उनी कहिले दरबार, कहिले युरोपियन युनियन, कहिले भारत र कहिले चीन यस प्रकारका अस्थिर पात्रले नीति केन्द्रीत होइन, आफू केन्द्रीत स्वार्थमा मात्र अघि बढ्ने गर्दछन् । माधव नेपाल बोकेर एमालेभित्र खेल्न खोज्नु यस्तै प्रवृत्तिको परिणाम हो । यो अवस्थामा अहिले पनि एमालेभित्र विष्णु पौडेल, सुभाष नेम्वाङ, इश्वर पोखरेल, सुरेन्द्र पाण्डेहरूको माधव नेपाल मिशन कायमै छ । यो अवस्थामा वापमन्थी एकता होइन चुनावी वाममोर्चा सहज मार्ग बन्न सक्दछ । यसबाट नेपाली काँग्रेसजस्तो राष्ट्रद्रोही, जनघाती पार्टीको सत्तारोहण रोकिन सक्दछ ।
वाममोर्चाको चुनावी तालमेलका साथ अघि बढ्दै जाँदा पुरानो नेतृत्वको विस्थापन र नयाँ नेतृत्वको आगमनसँगै पुनः वाम घटकहरूको एउटै बलियो कम्युनिष्ट पार्टी बन्ने सम्भावना प्रवल रुपमा रहेको छ । पुरानो नेतृत्व विस्थापित नहुँदासम्म वामपन्थी एकता दिगो बन्न नसक्ने कुरा नेकपा एमाले र माओवादीको विगतको एकताले नै पुष्टि गरेको छ । यो अवस्थामा चीनले आगामी निर्वाचनसम्म वाममोर्चा निर्माणको पहल कदमी लिनु आवश्यक छ । वामपन्थीहरूको राजनीतिक केन्द्र नेकपा एमाले नै रहने कुरामा कुनै दुविधा रहेन । यसर्थ एमाले केन्द्रीत वाममोर्चा नै अबको विकल्प दिने राजनीतिक शक्ति हो । यही शक्ति मार्फत् तै बीआरआई लगायत चीनसँग भएका सम्झौता कार्यान्वयन हुन सक्छन् ।
चीनको आवरणमा पश्चिमाहरू
२०५८ जेठ १९ को दरबार हत्याकाण्ड रोक्न खोज्दा खोज्दै पनि चीन असफल भएको थियो । नेपालमा चिनियाँ दूतावासको वरिपरि घुम्ने घुमक्कडहरू सिआइएका तलबी अनुचर मात्रै हुन् । जबसम्म चीनले कथित नेपाली सेनाको वीरेन्द्र हत्या गर्ने सीआइए हेर्डक्वार्टरमा रहेको केन्द्र तोड्न सक्दैन तबसम्म वाम एकता होस् या जुनसुकै सत्ता परिवर्तन भए पनि कुनै परिणाम आउने छैन । नेपालमा रहेका चीनको आवरणमा देखिएका संस्थाहरू सेना र अमेरिकी जासुसका अखडा मात्र हुन् । सर्वप्रथम आफ्नै देशका नाममा खोलिएका संस्थाहरूबाट चिनियाँहरू सचेत रहन जरुरी छ । मदन भण्डारीको २०५० साल जेठ ३ को हत्यापूर्व चीनले मदनलाई बचाउन कोसिस गरेको थियो ।
तत्कालिन चिनियाँ राजदूत र तत्कालिन समयमा चीन अध्ययन केन्द्रको अध्यक्ष रहेका बल्लभमणि दाहाल मदनसँग निकट काठमाडौं अनामनगरको एउटा पत्रिकाको कार्यालयमा पुगेका थिए । उनीहरूले मदनको पोखरा भ्रमण रोकाउन कोसिस गरेका थिए । उक्त पत्रकारले भ्रमणमा नजान पटक पटक आग्रह गरेका थिए । तर मदन भण्डारीले अहिलेलाई जानै पर्ने भयो, फर्केर कुरा के हो भेटौंला भने त्यसपछि कहिल्यै भेट भएन । उक्त भ्रमण रोक्न ती पत्रकारले विद्या भण्डारीलाई पनि आग्रह गरेर अन्तिम प्रयत्न गरेका थिए ।
राजा वीरेन्द्रलाई त लाओस् र कम्बोडिया मोडलमध्ये एउटा मोडलमा गएर दरबार र सेनाको घेराबाट पटक पटक बाहिर निकाल्न प्रयत्न गरिएको थियो । यसकारण दरबार हत्याकाण्ड होस् या मदनको हत्या स्वयं मदन र वीरेन्द्रले चीनले सुझाएको सूचनालाई बेवास्ता गर्दाको परिणाम हो । यो अवस्थामा चीनले कम्तिमा चुनावमा वाममोर्चा गठबन्धनमा पहल गर्दै नेपालमा रहेको भद्रकालीको अमेरिकी सैन्य हेर्डक्वार्टर तोड्नै पर्दछ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल