Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चिनियाँहरूले नबुझेको नेपाली कम्युनिष्टहरू

  • अर्जुन ज्ञवाली

भर्खरै प्रधानमन्त्री शेरबहादुर देउवासहितको गठबन्धन सरकारले नेपालको संविधान र कानुन विपरित भारतका विवादास्पद योग गुरु रामदेवलाई सञ्चार संस्था सञ्चालन गर्न मान्यता दिएका छन् । त्यतिमात्रै होइन माओवादी युद्धकालमा संंस्कृत पढाएकै आधारमा मुक्तिनाथ अधिकारीदेखि पुराणबाचक नारायणप्रसाद पोखरेलसम्मको हत्या गर्ने माओवादी अध्यक्ष प्रचण्ड र जनता समाजवादीका नेता डा. बाबुराम भट्टराई लगायत यो गठबन्धन सरकारले रामदेवको उच्च प्रसंसासहित स्वागत गरेको छ ।
माओवादी युद्धकालमा क्रियापुत्रीको हत्या गर्नेदेखि नेपालका मठ मन्दिरहरूमा आक्रमण गर्ने माओवादी नेतृत्वलाई रामदेवले उच्च प्रसंसा गरेका छन् । माओवादी हिंसाको १० वर्षमध्ये ६ वर्ष ६ महिनाभन्दा बढी भारतमा भारतीय जनता पार्टीको सरकार थियो । माओवादी हिंसालाई भाजपा र रअको पूर्ण समर्थन थियो । भाजपाको मुल संगठन आरएसएसले नेपालको हिन्दूत्वलाई समाप्त गरेर सबैकुरा आरएसएस र भारत केन्द्रीत गर्ने उद्देश्यअनुरुप माओवादी हिंसालाई सहयोग गरेको थियो ।
माओत्सेतुङले जति नेपालका कम्युनिष्टहरूलाई चिनेका थिए त्यसपछिको चिनियाँ नेतृत्व पंक्तिले चिन्न सकेन । माओ आफैं क्रान्ति गरेर आएका थिए भने ततपश्चातको नेतृत्व त्यसको बिरासतमा । यसकारण माओले आफ्नो कार्यकालभरि टंकप्रसाद आचार्य, मनमोहन अधिकारी, केशरजंग रायमाझीलाई मित्रको रुपमा स्वागत गरिरहे । तर, पुष्पलाल, मोहनविक्रम सिंह, निर्मल लामा, मोहन वैद्य जस्ता रअ र क्रिश्चियनका घोडाहरूलाई कहिल्यै पनि माओत्सेतुङ सत्तामा रहेको समयमा चीनले महत्व दिएन । यसको कारण थियो यी पात्रहरू र प्रवृत्तिहरू कम्युनिष्ट व्यानरका चीन विरोधी र इन्डो पश्चिमाका प्यादाहरू थिए । यतिबेला विवादास्पद योग गुरु रामदेवको उच्च प्रसंसा गर्नेहरू हिजो गोरखपुरदेखि दिल्लीका लोदी रोडको रअको हेर्डक्वार्टरसम्म खुल्ला रहेका राता मण्डलेहरू हुन् ।
एमाले र माओवादी केन्द्र एकीकरणपछि नेपाली राजनीतिमा स्थायित्वको अपेक्षा गरेको चीनले माधव नेपाल जस्तो इन्डो प्यासिफिक चीन विरोधी क्रिश्चियन मिशनको एजेन्ट बोकेर बैतरणी तर्न हिँडेका पुष्पकमल दाहालको करिब करिब राजनीतिक अवसानको अन्तिम यात्रा भन्दा अत्युक्ति नहोला । २०४८ सालमा काँग्रेसलाई बहुमत दिलाउन इन्डो पश्चिमा रणनीतिमा चुनाव बहिष्कार गरेका मोहनविक्रम सिंहको औचित्य त्यसपछि समाप्त भयो । दोस्रो संविधानसभा बहिष्कार असफल भएपछि मोहन वैद्यको औचित्य सकियो । ततपश्चात् इन्डो पश्चिमा शक्ति केन्द्रले नेत्रविक्रम चन्दलाई अगाडि सा¥यो । सर्वोच्च अदालतको निर्णय एमालेको पुनर्गगठनपछि माधव प्रचण्डहरूको औचित्य पनि नेपाली राजनीतिमा समाप्त भएको संकेत देखिँदैछ । केपी ओलीकै केन्द्र वरिपरि रामबहादुर थापादेखि नेत्रविक्रम चन्द मात्र होइन महन्त ठाकुरदेखि राजेन्द्र महतोसम्म घुमिरहेको अवस्थामा चौथो महाधिवेशनको क्रिश्चियन धार प्रचण्ड अध्यायसँगै समाप्तिको अन्तिम पर्खाइमा रहेको छ ।
चीनलाई आजको विश्व शक्तिमा उभ्याउने श्रेय देङ स्याओ पेङलाई जान्छ । तिनै देङलाई गद्दार भन्ने सीआईए र युरोपियन मिशनका मोहनविक्रमदेखि मोहन वैद्य, पुष्पकमल दाहाल हुन् या नेत्रविक्रम चन्द कहिल्यै पनि चिनियाँ मित्र हुन सक्दैनन् । कम्युनिष्ट व्यानरको आवारणमा स्थापनाकालदेखिनै भारत र रअको काम गर्दै आइरहेका पुष्पलाल कहिल्यै पनि माओ र चीनको मित्र थिएनन् । उनले माक्र्सवाद, लेनिनवाद र माओ विचाराधाराको नारा दिए पनि माओत्सेतुङले कहिल्यै पनि उनलाई पत्याएनन् । माओको नाम बेच्ने कथित माओवादी, मसाल, एकताकेन्द्रहरू भ्याटिकनका पोपका चेला थिए । यिनीहरू कहिल्यै पनि चीनका मित्र थिएनन्, चीन विरोधी थिए । यो अवस्थामा नेपाली राजनीतिमा कम्युनिष्ट ब्यानरमा खेल्ने अवैध राजनीतिको अब करिब करिब अन्त्य हुने निश्चित छ । अबको राजनीति नयाँ धु्रविकरणका साथ अगाडि बढ्नुको विकल्प छैन ।