Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मतदानस्थलमा देउवा–शेखर आमने–सामने

नेपाली काँग्रेसको १४ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि महाधिवेशन प्रतिनिधिहरुले मत खसाल्ने क्रम जारी छ । मध्यान्ह १२ बजेबाट सुरु भएको मतदानपछि सभापतिका प्रत्यासी शेरबहादुर देउवा र शेखर कोइराला भृकुटीमण्डपमा आमनेसामने भएका छन् ।
सभापतिका प्रत्यासी रहेका देउवा र कोइराला सुरुमा मतदान गरेर बहिरिएपनि फेरि फर्केर मतदानस्थलमा मतदाताहरुले मतदान गरेको दृश्यावलोकन गरेका हुन् । करिव तीन बजे मतदानस्थल फर्केर आएका देउवा झण्डै एक घण्टा बसेका थिए । देउवा बसेको केही बेरमा अर्का प्रत्यासी शेखर कोइराला पनि देउवा बसेको नजिकै आएर बसेका थिए । कोइराला आएको केहीबेरमा देउवा भने उठेर हिँडेका छन्


सम्बन्धित समाचार