Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दिनभरी हरियो भएको नेप्से अन्तिम समयमा दोहोरो अंकले घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । कारोबार सुरु भएदेखि नै दिनभरजसो हरियो रहेको बजारमा करिब अन्तिम एक घण्टा भने रातो हुँदा नेप्से घटेर बन्द भएको हो ।

बजार परिसूचक १४।५८ अंक ९०।५० प्रतिशत०ले घटेर २८७६।७५ अंकमा बन्द भएको छ । नेप्सेमा गिरावट भए पनि कारोबार रकम बढेर आज बजारमा आठ अर्ब ६१ करोड २१ लाख ७४ हजारको कारोबार भएको छ ।

आज बजारमा अधिकांश उपसूचकमा गिरावट हुँदा हाइड्रोपावर र निर्जीवन बिमा उपसूकमा सामान्य वृद्धि भएको छ । आजको कारोबार रकममा अरुण भ्याली हाइड्रोपावरले लिड गरेको छ । कम्पनीको ८२ करोड ७० लाखको कारोबार हुँदा अपी पावरको ५२ करोड ५० लाख र शिखर इन्स्योरेन्सको करिब २६ करोड ८१ लाखको कारोबार भएको छ ।

आज दिनभर बजारमा १९१ कम्पनीको सेयर कारोबारमा आएकोमा १३७ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ४५ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । नौ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

आज कारोबार भएका मध्ये विन नेपाल लघुवित्तको सेयर मूल्य सर्किट लेभलमा बन्द हुँदा बुद्धभूमि हाइड्रोपावरको ९।७३ प्रतिशत, साहस ऊर्जाको ६।०६ प्रतिशत, अरुण भ्याली हाइड्रोपावरको ५।०३ प्रतिशत र मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ४।२५ प्रतिशतले वृद्धि भएको छ ।

यता, आरएमडीसी लघुवित्तको सेयर मूल्य ३।४९ प्रतिशत, पोखरा फाइनान्सको ३।०७ प्रतिशत र गोर्खाज फाइनान्सको सेयर मूल्य २।९९ प्रतिशतले गिरावट भएको छ


सम्बन्धित समाचार