Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
सिन्धुपाल्चोक÷ तातोपानीका तस्करहरूलाई सत्ता परिवर्तनले ठूलो राहत मिलेको छ । तिब्बती शरणार्थीलाई दौरा–सुररुवाल, कोट, नेपाली टोपी लगाएर ओसार्ने खेती गरेका कांगे्रसका मोहन बस्नेत अहिले केन्द्रीय सदस्य मात्र होइनन्, प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासी भएका छन् । यिनको धन्दा पनि राजनीतिभन्दा कमाइ हो, नीलकण्ठ चौलागाईंको समूह त्यहाँ ठूलो छ । बस्नेतका भरियाहरू चीन स्वशासित क्षेत्र तिब्बतको तातोपानीबाट आयात गर्ने भनेको फलफूल मौसमअनुसारका कपडा, जुत्ता, विद्युतीय सामान भित्र्याइन्छ । तर अहिले चिनियाँ टेलरले लार्चासम्म सामान खुलमखुला ल्याएका छन् । चार किलोमिटर वर भन्सारमा देखाउने सामानको जाँचपास गर्नुअगावै कति सामान व्यापारीले गायब पार्छन्, त्यसको रेखदेख त्यहाँ छैन् । शुरबहादुर श्रेष्ठहरू त्यहाँ छन् । खासा, रमिते, लाप्टाङका मानिसको सम्बन्ध तिब्बती नागरिकसँग छ । चिनियाँहरू तस्करीमा चर्चित हुन्छन् । नेपालबाट अवैद्य सामान पठाउन र भित्र्याउन कुनै समस्या छैन । चुनाव आउनासाथ बस्नेतको आम्दानी बढ्छ । तस्करहरूको सक्रियताले ठाउँ पाउँछ । तातोपानीबाट बाह्रबिसेसम्म प्रहरी छैन । तस्करले यही मौकामा बाटो खोज्छन्, स्वार्थ पूरा गर्छन् । राजनीतिक संरक्षण यहीँ छ ।
तस्करहरूको स्वार्थ पूरा गर्न चिनियाँ पक्षले पनि साथ दिएको छ । तिब्बतको सिल्क र मुसा ट्रास्पोर्टले ल्याएको सामान नेपालतर्फ सिल्क र नमस्तेले बुझ्ने गर्छन् । जहाँ प्रहरी र सशस्त्रलाइ पत्तो छैन । अध्यागमन र भन्सारको के कुरा, जब राति अनि बुढी ताती भनेजस्तै तिब्बती तस्करहरू मितेरीपुल कट्नासाथ तस्करको जालो चम्कन्छ । सुरक्षाफौजले समेत जानकारी नलिने त्यो धन्दामा बस्नेतका चेलाहरू धेरै छन् । तातोपानीको तस्करी रोक्न स्थानीय प्रशासन सक्दैन । एक त भाषा बुझ्ने कर्मचारी त्यहाँ छैनन् । दोस्रो, व्यापारी र राजनीति भनेकै तिब्बतदेखि च्यानल मिलाएर लार्चासम्मको सडकमा टेलरले सामान ल्याउँदा बीचमा झिक्ने र लुकाउने हो । चिनियाँ क्षेत्रमा कडीकडाउ भएजस्तो देखाउने नेपालतर्फ भित्र्याउँदा राजस्व छल्नेलाई त्यहाँ ठूलो पौरखी ठानिन्छ । तस्करहरूले नेता मोहनको साथ लिनुको कारण उनी कांग्रेसको नेतृत्वमा आउनु हो । हिजो पनि उनलाई कटने काजी भनेर स्थान दिइन्थ्यो ।
हिजो एमाले नेताहरू सरेस नेपाल ,सुभाष कर्मचार्यहरू पनि यस्तो धन्दामा जोडिने गर्थे । आज तिनलाई उछिनेर काठमाडांैका शुरबहादुर श्रेष्ठ र नीलकण्ठसम्मले ठाउँ लिएका छन् । चिनियाँ पक्ष आफ्नोतिर कडा गर्छ । तर मितेरीपुल कटेपछि उसको चासो लिँदैन । तातोपानीको तस्करी रसुवाको टिमुरेतर्फ पनि सरेको छ । रक्तचंदन, यार्सागुम्बा जटामसीको व्यापार चम्कने भनेको तस्करीबाट नै हो । नेपालबाट चीन जाने भनेको मैदा, आँटा, वनस्पति घिउको मात्रात्मक घटबढ हुने मात्र हो ।
भन्सार विभागकै कर्मचारी त्यहाँ छन् । तर मितेरीपुलबाट यार्चासम्मको सडकमा तस्करको रजाइँ हुने गर्छ । राजस्व मार्ने चलाखहरूको बाहुल्यता भने हटेको छैन । चुनाव आउँदा तस्करी चम्कनु कांग्रेसका नेताका लागि सुनमा सुगन्ध हुन्छ । बस्नेतको ६४ करोड रुपैयाँ सहकारीमा जम्मा त्यसै भएको हाइन ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल