Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हिउँ खेल्नेक्रममा हराएका पाँच बालबालिकाको मध्यरातमा चन्द्रागिरीबाट उद्दार

काठमाडौं । शनिबार दिउँसो चन्द्रागिरीमा हिउँ खेलेर फर्किने क्रममा हराएका पाँच बालबालिकालाई प्रहरीले मध्यरातमा सकुशल उद्दार गरेको छ । चन्द्रागिरी नगरपालिका ६ महादेवस्थान बस्ने रीता गुरुङ, सौभाग्य गुरुङ, सहज गुरुङ, जेनिशा गुरुङ र एरविन गुरुङलाई मध्यराती सवा १ बजे जंगलमा फेला पारि आफन्तको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ । बालबालिकाहरु हिजो दिउँसो हिउँ खेल्न चन्द्रागिरी गएको र सम्पर्कविहीन भएको सूचना राती साढे ८ बजे प्रहरीले पाएको थियो । प्रहरीका अनुसार सूचना पाएलगत्तै डीएसपी डिल्लीनारायण पाण्डेयको नेतृत्वमा विपद व्यवस्थापन गुल्म सामाखुसीकासहित ३७ जना प्रहरीको टोलीले ५ घण्टा लामो अपरेसनपछि बालबालिकालाई सकुशल फेला पारेको हो ।


सम्बन्धित समाचार