Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेकपा एमालेका नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई पत्र लेख्ने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमथि छानबिन गरेर कारबाही गर्न माग गरेका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा रावलले मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी अनुमोदनका लागि प्रधानमन्त्री देउवा र प्रचण्डले पत्र लेख्नु आपत्तिजनक भएको बताए । कसरी कूटनीतिलाई कमजोर बनाइँदैछ र देशको स्वाभिमानमा धक्का पुग्दैछ भन्ने यो नमुना हो उनले भने ।
एमालेले एमसीसीमा मुख खोलेन सदन खोल्न सभामुखको राजीनामा माग
देउवा र प्रचण्डले एमसीसीलाई लेखेको पत्रमा सम्झौता अनुमोदन गर्न समय माग्नुका साथै एमसीसी सम्झौताबारे जनतालाई जानकारी गराउन सरकारी स्रोत साधन उपयोग गर्नेछ भनेर लेखिएको रावलले बताए । उनले अघि भने प्रतिनिधिसभामा प्रस्तुत गरिएको कुनै देशसँगको सम्झौता, जो अनुमोदनका लागि विचाराधीन छ । त्यसलाई हामी यस्तो गर्नेछौं, उस्तो गर्नेछौं भनेर पत्र लेख्ने अधिकार कुनै व्यक्तिलाई हुन्छ रु यसमा छानबिन भएर कारबाही हुनुपर्छ ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल