Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पिएचडी डाक्टर सबै बिकाउ

काठमाडौं । अध्यागमन अनुसन्धान गर्नु विषयगत विज्ञता हासिल गर्नु राम्रो हो । नेपालमा विज्ञको कुरा चल्दैन, खेतमा रोप्ने धान गौरेटोमा फल्दैन । सरकारमा जो पार्टी पुग्छ, उसले विषय विज्ञको खोजी गर्दैन । शिक्षा, स्वास्थ्य, सडक, विद्युत, कृषि, वन जस्ता विषय अत्यन्त विज्ञहरूको योजनामा चलाउनु पर्ने क्षेत्र हुन् । अर्थशास्त्री सबै बन्छन्, तर डाक्टर, इञ्जिनियर, कृषि विज्ञ, वन विज्ञ बन्ने आँट मानविकी बाट राजनीति शास्त्रमा डिग्री हासिल गरेकाले गर्दैन । हामीकहाँ कुनै विषयको विज्ञ जो पिएचडीधारी छ ऊ घुमाई फिराई भारत, चीन, अमेरिका, बेलायत, फ्रान्स, अष्ट्रेलिया जस्ता देशको भक्त बन्छ भन्ने कुरा अमेरिकी सहयोग एमसीसी परियोजनाप्रति प्रकट विचार र दृष्टिकोणले झल्काउँछ ।
भारतलाई महाकाली सुम्पँदा नेपालका भारतभक्तले कुनै ख्याल गरेनन् । एमाले नाउको कम्युनिष्ट पार्टीको कलंकरुपि शक्तिले महाकाली सन्धि गर्दा यो देशमा सूर्य पश्चिमबाट उदाउँछ भन्ने राप्रपाका पशुपतिसमेर जबरा, प्रकाशचन्द्र लोहनीभन्दा एक कदम अगाडि उफ्रेर केपी ओली डुक्रिएकै हुन् । ओलीले नेपालले वार्षिक रु १ खर्ब २० अर्ब भारतबाट पाउँछ भनेका थिए । त्यो बेला भारतसँग लिपुलेक, लिम्पियाधुरा, कालापानीको विवाद टुंगोमा पु¥याउन नसक्दा भारतले नेपाली सिमा मिचेको छ । भारतीय हस्तक्षेप र थिचोमिचोका बारेमा नबोल्ने नेपाली पिएचडीधारी डाक्टरहरू अहिले एमसीसीको नुनमा डुबेका छन् । देशको राष्ट्रिय स्वाभिमानको रक्षाका लागि पढेलेखेका सुटधारी जोक्कर चासो दिँदैनन् । विदेशमा असफल भएको, जनता ठग्ने, देश लुट्नेहरूको योजनामा लागू भएको भ्याट र प्यान सिस्टमले नाङ्ले पसले र ठेलागाडा धकेल्नेसम्मलाई चिथो¥यो तर राजश्व मार्ने विनोद चौधरी, मोती दुगुड, मीनबहादुर गुरुङ, केडिया समूह, एनसेल, थामसेर्कु, ओम्नी, अमात्य र वैद्य अर्गनाइजेशनलाई छोएन । तर राज्यका यी पिएचडीधारी डाक्टरहरू अमेरिकी दलाल बनेका छन् ।
राष्ट्रिय मुद्दाहरू रातारात संसदबाट पारित गर्ने त्यस्ता सम्झौताले दिर्घकालिन असर कस्तो गर्छ भन्ने कुरा माहाकालीको झमेलानै काफी छ । भारतले कोशी र गण्डक सम्झौतामा आफैंले स्वीकारेका विषयलाई कहिल्यै कार्यान्वयन गरेन । नेपालका प्रधानमन्त्रीहरूले समकक्षीहरूसँग कहिल्यै स्पष्ट कुरा राखेनन् । स्व. मनमोहन अधिकारीले समकक्षीसँग सन् १९५० को असमान सन्धिको पुनरावलोकन गर्नु पर्ने आवाज उठाए । उनको समयको त्यो अडान र ओजलाई एमालेकै माधव नेपाल र केपी ओली प्रधानमन्त्री बन्दा पूर्ण स्मरण गराउन सकेनन् । कम्युनिष्ट पार्टीले विचार र सिद्धान्त त्याग्दा काँग्रेसको आलोचना गर्ने ठाउँ छैन । काँग्रेस आफैं अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको दलाल शक्तिका रूपमा परिचित शक्ति हो । जहाँ महाकालीमा राष्ट्रघात गर्ने शेरबहादुर देउवा र केपी ओलीको घाँटी एमसीसीमा जोडिएको छ ।


सम्बन्धित समाचार