Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेस मात्दा थन्क्याउने सूत्र

काठमाडौं । ५ वर्षका लागि प्रतिपक्षमा थन्किएर निदाएको काँग्रेसलाई सत्ता प्राप्तिको अवसर दिलाएको वापमन्थी शक्तिलाई पछार्न लाज छैन । काँग्रेस एक्लै चुनावमा जानुपर्छ भन्ने डा. शेखर कोइराला संसदको चुनाव र पार्टीको चुनावमा पराजय भोग्दा समेत चेतेका छैनन् आफ्नै गोलका डा. शशांक र सुजाता समेत मिलाउन नसक्दाको पीडाबोध नभएका डा. शेखरको समूहले सत्ता गठबन्धनको योजना भत्काउने दाउमा छन् । डा. शेखरको लाइन र यतिबेलाको भारतीय शासक पक्षको लाइन मिलेको छ । भारतीय शासक पक्षले नेपालमा वाम शक्ति बलियो बन्न नदिने योजना बनाएको छ । त्यही योजनाअनुसार मधेशको जसपाको संगठन भत्काएर एमालेलाई बलियो बनाउने अभियान चलाएको छ । जनस्तरमा शुन्य, राजाबाट जनता बनेको राजतन्त्रका पात्र र प्रवृत्तिका विरुद्ध कमल थापाको घुर्की निरन्तर राजाको आडमा पार्टीको नेतृत्व गर्न पाउनुपर्छ र आफूले राजतन्त्र बोक्दा पार्टी चलाउने खर्च ज्ञानेन्द्र शाहबाट निरन्तर प्राप्त होस् भन्ने थियो । थापाले शाही कालमा लुटेका छन् । यतिबेला खर्च गर्दा उपलब्धी नहुने देखेर नै प्रगिगमन पक्षधर नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रम केपी ओलीको शरणमा परेका छन् ।
एमालेले एक्लैले आफूलाई क्विन्टल दाबी गर्दै गर्दा उसले साथ पाएको काँग्रेसको शेखर पक्ष, मधेशको जनमत पार्टी र कमल थापाप्रति विश्वस्त छ । तर राप्रपा संस्थापनले आफ्नो अवस्था बुझ्नका लागि स्थानीय चुनावमा होमिने तयारीमा छ । यस पटकको चुनावमा पाउने मतले दलहरू कति पानीमा छन् भन्ने देखाउँछ । त्यही कारण सत्ता गठबन्धन चुनावी तालमेल केन्द्रलाई नै ध्यान दिँदै स्थानीय तहका लागि जोड दिँदैछ ।
सरकार पक्षलाई गलत कर्ममा खवरदारी गर्दै निर्वाचन आयोगलाई सघाउनु पर्ने प्रमुख प्रतिपक्षी भने अराजक भौजाहाका रुपमा प्रस्तुत हुँदै आफैंले भर्ति गरेका आयोगका आयुक्तहरूप्रति पनि आक्रामक बन्दैछ । एमालेलाई काँग्रेसका कार्यकर्ता र नेताको विद्रोहबाट सुनको लड्डु पार्छ भन्नेछ । तर काँग्रेसले फुइ लगाएका भरतपुर महानगर, विराटनगर महानगरभित्र माओवादी र समाजवादीको मत कम छैन भन्ने हेक्का छैन । डा. शेखरले पार्टीको तर्फबाट एक्लै चुनाव लड्ने भन्नु स्वाभाविक होला तर संसदको चुनावमा उनैलाई मोरङमा गठबन्धन जरुरी पर्छ । त्यो बेला सत्ता गठबन्धनले शेखरलाई मत दिनुपर्ने कारण खोज्नेछ ।
माफियाको कब्जामा प¥यो सरकार
चुनावी भाषण गर्न सजिलो छ, व्यवहारमा उतार्न कठिन छ । नेकपाको शासनका नायक केपी ओलीले भाषण चार्कएकै थिए । तर यिनकै ४१ महिने कालमा स्थापित भएको नीतिगत लुटले ०७४ सम्म रु ७ अर्ब भएको ऋण ०७८ असारमा सत्ताच्यूत हुँदा रु २१ अर्ब कसरी पुग्यो ? यो कसको असक्षमताले भयो ? देशका अर्थशास्त्री दलका घोडा बनेका कारण सत्य बाहिर आउँदैन । माफिया समूह हिजो पनि बलबान थियो, आज झन बलबान भएको छ । ०६३ पछि विनोद चौधरी, राजेन्द्र खेतानहरू भन्दा बलिया भएका चरित्रहरू हुन् एनसेलका सतिशलाल आचार्य, चिनिया एजेन्ट दीपक भट्ट, थाहा समूहका अजय सूमार्गी, एनआरएनका पूर्व अधयक्ष उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, यति समूहका स्व. आङछिरिङ शेर्पा, ओम्नी समूहका विशाल पण्डित, नारायणहिटी संग्रहालयका आनन्दराज बतास, हुकाम समूहका सुरज वैद्य र त्रिलोक अग्रवाल । यी सबै माफिया समूहको प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा एमालेका खड्ग ओलीसँग राम्रो सम्बन्ध रहेको छ । यिनले आफ्नो योजना नबिग्रियोस् भनेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पत्रम् पुष्पम् गर्ने मात्र हुन् । राष्ट्र बैङ्कको गभर्नर काण्डसँग जोडिएका पृथ्वीबहादुर शाहको ४० करोड अवैध सम्पत्तिमाथि सरकारले हस्तक्षेप गर्नुसट्टा कमिशन लिएर फिर्ता गर्ने योजना बनाउँदा अटेर गरेपछि राष्ट्रबैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरियो । यद्यपि सरकारले उनलाई सरकारको सूचना चुहाएको आरोप लगाइरहेको छ । उनी न्याय खोज्दै सर्वोच्च अदालत पुगेका छन् ।


सम्बन्धित समाचार