Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना दाजु तत्कालीन राजा वीरेन्द्र शाहको सालिक राख्नेक्रममा नेपालगञ्जमा भएको अवरोधप्रति दुख जनाएका छन् ।
राट्रवादी र प्रजातन्त्रप्रेमी स्व। राजा वीरेन्द्रको सालिक पुन स्थापना गर्ने कार्यमा अवरोध पुर्याइएको भन्दै सो घटनाबाट आफू स्तब्ध भएको उनले विज्ञप्तिमार्फत् उल्लेख गरेका छन् ।
‘नेपालगञ्जबासी जनताको तर्फबाट आज बाँके जिल्लाको नेपागञ्जस्थित वीरेन्द्रचोकमा स्वतःस्र्फूत सहभागितामा एक राष्ट्रवादी र प्रजातन्त्रप्रेमी स्व। राजा वीरेन्द्रको सालिक पुन स्थापना गर्ने कार्यप्रति अवरोध पुर्याइएको घटनाबाट हामी स्तब्ध भएका छौं’, पूर्वराजा ज्ञानेन्द्रको भनाइ छ । नेपालको गौरवमय इतिहासमा राजा वीरेन्द्रको योगदान स्मरणीय रहेको भन्दै शाहले भनेका छन्, ‘राष्ट्रिय जनमत संग्रह, युगानुकूलको बहुदलीय संसदीय प्रणाली, क्षेत्रीय विकासको अवधारणा तथा शान्ति र समुन्नतिको गहन चिन्तन उहाँको स्मरणीय विषय हुन् ।’
जुनसुकै विचार, दर्शन, अवलम्बन गरिए पनि देशको निम्ति विशिष्ट योगदान पुर्याउनेहरूलाई विश्वव्यापी परम्परा रहेको स्मरण गर्दै उनले लेखेका छन्, ‘इतिहासको त्यस्तो आदर्श तथ्यलाई भुलेर मौसुफको सालिक स्थापनाको विषयमा नेपालगञ्जमा जुन प्रकारको अप्रिय घटना भयो, त्यो अत्यन्त दुःखदायी हो । इतिहास उसै मेटिन्न र ऐतिहासिक व्यक्तिहरूद्वारा प्रस्तुत भएका स्मरणीय विषय विधि उसै मर्दैनन् भन्ने कुरा सबैले बुझ्नुपर्दछ ।’
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल