Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जंगली च्याउले लियो एकै परिवारका तीन जनाको ज्यान

ओखलढुंगा । जंगली च्याउको तरकारी खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चम्पादेवी–७ फूलबारीकी २४ वर्षीया ढककुमारी लामिछाने, उनका श्रीमान् राजन विष्ट र हजुरआमा हजुरआमा मनमाया विष्टको मृत्यु भएको हो । ढककुमारीले गत जेठ २८ मा जंगल जाँदा गोबरमा उम्रेको च्याउ टिपेर ल्याई तरकारी पकाएकी थिइन् । त्यो दिन सासू सीता विष्ट उपचारका लागि काठमाडौं गएकाले घरमा ९३ वर्षीय हजुरआमा मनमाया, २७ वर्षीय श्रीमान् राजन र ढककुमारीले त्यो तरकारी खाए । तीन वर्षीया छोरी करिश्माले भने तरकारी खाइनन् । तरकारी खाएलगत्तै उनीहरूलाई बिस्तारै पेट पोलेको महसुस भयो । सानी छोरी करिश्मा पनि त्यही बिरामी भइन् । सामान्य समस्या होला भनेर उनीहरूले घरेलु औषधि उपचार गरे । अप्ठ्यारो बढेको तीन दिनपछि छिमेकीले उनीहरूलाई ओखलढुंगा सामुदायिक अस्पताल मिसन पुर्‍याए । गत मंगलबार मिसन अस्पतालमा उपचारकै क्रममा ढककुमारीको मृत्यु भयो । हजुरआमा मनमाया, श्रीमान् राजन र छोरी करिश्मा विष्टलाई थप उपचारका लागि सेनाको हेलिकोप्टर व्यवस्था गरी शिक्षण अस्पताल काठमाडौं पठाइयो । मनमायाको सोही दिन शिक्षण अस्पतालमै मृत्यु भयो भने राजनको मृत्यु उपचारका क्रममा गत बिहीबार भयो । करिश्माको स्वास्थ्यमा भने सुधार आएको छ । अस्पतालले डिस्चार्ज गरेपछि करिश्मालाई ढककुमारीको माइतका आफन्तको जिम्मा लगाइएको छ । तर आर्थिक अवस्था नाजुक भएकाले उनीहरू बिचल्लीमा परेका छन् ।