Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । प्रहरी नियमावली २०७१ को १२७ (क) २ ले एआइजीको उमेर हद तोकेको छ । ५६ बर्षे उमेरका कारण विश्वराज पोख्रेल साउन २० रविन्द्र धानुक कर्तिक २५ अरुण बिसी कार्तिक १५, मुकुन्द आचार्य भाद्र २३ मा अबकास हुनेछन् । साउन २० मा अबकास हुने पोख्रेल र भाद्र २३मा अवकाश हुने आचार्यको ठाउमा जो जो पुग्छन् तीनै आइजीपी र एआइजी हुनेहुन् ।
वरिष्ठता, जेष्ठता र प्रतिस्पर्धीले प्रहरी भित्र त्यति महत्व राख्दैन भन्ने कुरा यसपटक छर्लङ्ग भयो । त्यसैले पैसा र राजनीतिलाई जसले समदुरीमा राख्छ त्यो आइजीपी हुनेछ । बालुवाटारले काठमाण्डौमा रहँदा विवादस्पद अशोक सिहंलाई बोक्न लाज मानेन । उनलाई बढुवा बरितामा तेस्रो बनाईयो १२औं नम्बरका बशन्त कुवर पहिलो बन्न पुगे भने टेकप्रसाद राई दोस्रो पाँचौका दिपक थापालाई चौथोमा उकालियो ।
अहिले भावी आइजीपीका दावेदारहरु नक्साल भित्रै छन् । उनीहरुलाई प्रदेश कमाण्ड गर्न पठाउन खोज्दा गएनन् भन्ने प्रचार पनि गरियो । तर संगठन खटाएको ठाउँमा नजाने कुरै छैन भनेर डिआईजीहरु उम्केका छन् । जो केन्द्रमा बस्छ त्यसको राजनीति पहँुच बढि हुनु स्वभाविक हो । त्यसमा पनि सत्ता निकट बन्नेहरुले मौकाको फाइदा उठाउनु नौलो होइन ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल