Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देश छोडेर भागे श्रीलंकाका राष्ट्रपति

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे देश छोडेर भागेका छन् । आर्थिक संकटका कारण जारी विरोध प्रदर्शनबीच उनी एक सैनिक विमानमार्फत भागेका हुन् ।

७३ वर्षीय राजपक्षे माल्दिभ्सको राजधानी माले पुगेका छन् । स्थानीय समयानुसार बुधबार बिहान ३ बजे उनी त्यहाँ पुगेको बीबीसीले जनाएको छ ।

श्रीलंकाको वायुसेनाले राजपक्षे आफ्नी श्रीमती र दुई सुरक्षा अधिकारीहरूका साथ माल्दिभ्सतर्फ उडेको पुष्टि गरेको छ ।

राजपक्षे भागेसँगै श्रीलंकामा दशकौँदेखि चल्दै आएको एक परिवारको शासनको अन्त्य भएको छ । गएको शनिबार त्यहाँका प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका थिए । त्योसँगै राजपक्षे अज्ञातस्थलमा लुकेका थिए ।

उनले जुलाई १३ आजमा पदबाट राजीनामा दिने यसअघि नै घोषणा गरेका थिए । तर, त्यसअघि नै भागेका हुन् ।

उनका भाइ एवं पूर्वअर्थमन्त्री बासिल राजपक्षेले पनि देश छोडेर अमेरिका जाने बताइएको छ ।

राष्ट्रपति देश छोडेर भागेको खबर सार्वजनिक भएसँगै स्थानीयले खुसी मनाएका छन् ।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल