Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
अहिले ताइवानका सडकहरू खाली गरिएको छ । मानिसलाई राजधानी ताइपेईलगायत केही भागमा सोमबार हवाई आक्रमण अभ्यासका लागि घर भित्रै बस्न आदेश दिइएको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ ।
टापु राष्ट्रले सम्भावित चिनियाँ आक्रमणको घटनामा तयारी गर्नका लागि अभ्यास थालेको हो । दिउँसो स्थानीय समयअनुसार १ः३० बजे साइरन बज्यो । त्यसपछि अनिवार्य ड्रिलको लागि सडक खाली भयो । जसले प्रभावकारी रूपमा सहर र उत्तरी ताइवानका सहरहरू ३० मिनेटका लागि बन्द गर्यो ।
अभ्यास पूर्व मिसाइल अलर्ट भन्दै मोबाइलमार्फत सन्देश पठाई मानिसलाई तुरुन्तै सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो । “युद्धको अवस्थामा तयारी गर्न आवश्यक छ, ताइपेईका मेयर को वेन जेले वान एन नामको अभ्यासको निरीक्षण गरेपछि एक भाषणमा भने, “जसको अर्थ अनन्त शान्ति हो ।
चीनले प्रजातान्त्रिक तवरले शासित ताइवानलाई आफ्नो स्वशासित क्षेत्र भएको दाबी गर्दै जबरजस्ती यो टापु कब्जा गर्ने कुरालाई अस्वीकार गरेको छैन । ताइवानले चीनको सार्वभौमसत्ताको दावीलाई अस्वीकार गर्दै आफ्नो रक्षा गर्ने वाचा गरेको छ।
युक्रेनमा रुसको आक्रमण जारी रहँदा ताइवानको टापु वरिपरी चिनियाँ सैन्य अभ्यासहरू बढेको रोयटर्सले जनाएको छ । यसले सम्भावित आक्रमणको घटनामा कस्तो प्रतिक्रिया दिने भन्नेबारे ताइवानमा अहिले बहस सिर्जना भएको छ
२०८३ जेष्ठ ८
ताजा नेपाल
२०८३ जेष्ठ ८
ताजा नेपाल