Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
सुर्खेत, नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेत जिल्ला शाखा गठनार्थ आयोजित भेलाले कर्णाली प्रदेशका सर्वाधिक रक्तदाता प्रवाशकुमार शाक्य अध्यक्ष,समाजको उपाध्यक्षमा अशोक कुमार सिंह,सचिवमा खगेन पुरी,कोषाध्यक्षमा धर्मराज आचार्य सदस्यहरूमा क्रमशः पुनम वि।सी।,सागर लम्साल,कुमार थापा,भोजप्रसाद आचार्य,सुरेश आचार्य,अनिल ढकाल, सञ्जयनाथ योगी,कृति गुभाजु शाक्य र चन्द्रा रेग्मी रहनु भएको जिल्ला समिति चयन गर्दै सल्लाहकारमा सुदर्शन श्रेष्ठ,लक्ष्मण कँडेल र सुशिलराज शर्मा मनोनयन पश्चात् आज सुर्खेत उद्योग वाणिाज्य संघद्वारा एक बिशेष रक्तदान कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ । सुर्खेतको बीरेन्द्र नगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा नेपालका सर्वाधिक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यद्वारा १७१औं पटकको रक्तदान गर्नुभएको थियोे ।
प्रमुख अतिथिद्वारा सर्वाधिक रक्तदाता प्रेमसागर कर्माचार्यलाई रक्त संकलन थैली हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गर्नुभएको थियोे ।
सुर्खेत उद्योग वाणिाज्य संघका अध्यक्ष लक्ष्मण कँडेलको सभापतित्वमा सञ्चालित सो कार्यक्रममा बिशेष अतिथिको रूपमा काठमाडौंबाट सुर्खेत पुग्नु भएका सर्वाधिक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य बिशेष अतिथि हुनुहुन्थ्यो भने अतिथिहरूमा क्रमशः वाणिज्य संघका पूर्व अध्यक्ष निरक के।सी। ,निवर्तमान अध्यक्ष धनबहादुर रावत,नेरेसोका अध्यक्ष रामलाल आचार्य र गोविन्द आचार्य हुनुहुन्थ्यो ।
५६औं राष्ट्रिय रक्त सञ्चार दिवसको दिन आयोजित उक्त सम्मान एवं रक्तदान कार्यक्रममा स्थानीय महिला रक्तदाताहरू, ज्योती कार्की पौडेल र कृति गुभाजु शाक्यका साथै कर्णाली प्रदेशमा सर्वाधिक रक्तदान गर्नुहुने र नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेत जिल्ला शाखाका अध्यक्ष प्रवाशकुमार शाक्यलाई पनि सम्मान गरिएको थियोे
नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाका सभापति रामलाल आचार्यले देशकै सर्वाधिक रक्तदान गर्नुहुने प्रेमसागर कर्माचार्यलाई दोसल्ला ओढउदै सम्मान प्रदान गरिएको थियोे । साथै कार्यक्रमका मूल आयोजक सुर्खेत उद्योग वाणिाज्य संघद्वारा दोसल्ला ओढाएर सम्मान(पत्र प्रदान गरि सुर्खेत जिल्लाबासिका तर्फबाट सार्वजनिक सम्मान प्रदान गरिएको थियोे । महिला पुरूष गरि जम्मा ९१ जनाले रक्तदान गर्नुभएको सो कार्यक्रमको सञ्चालन सुर्खेत उद्योग वाणिाज्य संघका महासचिव भद्र भण्डारी गर्नुभएको थियोे ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल