Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गृहको दाबी नेपालले छाडे

काठमाडौं। आफ्नो हैसियतभन्दा ठूला र धेरै मन्त्रालय माग्ने होडबाजीकै कारण सरकारले पूर्णता पाउन सकेको छैन । नेकपा एकीकृत समाजवादीले यसअघि गृहमन्त्रालयमा दाबी गरेकोमा अहिले भने उक्त मन्त्रालयको दाबीबाट ब्याक भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज–भोलिभित्रै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । त्यसको लागि सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँग दाहालको निरन्तर सम्वाद भैरहेको छ । कांग्रेसले ८ मन्त्रालय पाउने सहमति भएको छ। कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काले सरकारमा नेतृत्व गर्ने भएका छन् । नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालयमा दाबी गरेको छ । तर, प्रधानमन्त्री दाहालले भने २ मन्त्रालयमात्रै दिने भएका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले गृहमन्त्रालयको दाबी नगरेको स्पष्ट पारेका छन् । उनले आइतबार संसद् भवन परिसरमा मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा यस्तो स्पष्ट पारेका हुन् । मन्त्रिपरिषद् विस्तार हुँदा माओवादीबाट उपप्रधान एवम् भौतिक पूर्वाधारमन्त्री रहेका नारायणकाजीको जिम्मेवारी भने हेरफेर हुने भएको छ । प्रधानमन्त्री दाहालले गृहमन्त्रालय आफ्नो दलको भागमा पारेपछि श्रेष्ठ सो मन्त्रालयको नेतृत्वमा जाने भएका हुन् ।