Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सत्ताबाट पछारेको रिस सडकमा

काठमाडौं । सरकारका प्रधामन्त्री जहाँ पुग्छन् त्यहाँ प्रचण्ड मुर्दावादको नारा लाग्छ । एमालेका अध्यक्ष केपी ओलीको डिजाइन वर्तमान सरकार असफल बनाउनेमा छ । गष्ठबन्धन तोडेर ठूला सबै दललाई संवैधानिक संस्थागत रुपमा भाग लगाउने प्रम प्रचण्डको योजनालाई असफल बनाउने ओलीको डिजाइनले व्यवस्था बलियो हुँदैन ।
काँग्रेसको राष्ट्रपति, माओवादीको प्रधानमन्त्री, एमालेको सभामुख र राष्ट्रियसभा अध्यक्ष, रास्वपाको उपसभामुख, जसपाको उपराष्ट्रपति भागवण्डा लगाएर सहमति कायम गर्ने प्रधानमन्त्रीको योजना नराम्रो होइन । जनताले एक दललाई सबैतिर कब्जा गर्ने गरी बहुमत नदिएपछि मिलेर जाने बाध्यता राजनीतिमा छ । तर एमाले अध्यक्ष केपी ओली आफू राजा बन्ने रुचि भएकाले गठबन्धनमा नेकाँ र समाजवादीलाई लिँदा विरोधमा उत्रिएका छन् । अहिले प्रम प्रचण्डले देशको बाध्यता र राजनीतिलाई स्वार्थमा केन्द्रीत गर्ने समय छैन । माओवादीका नाउमा एमालेले जस्तो हनुमान दलाल भिœयाएर बिचौलिया शक्तिलाई ठाउँ दिनु हुन्न । हुकाम, बतास, ओम्नी, थामसेर्कु प्रकरणले नै देशलाई ध्वस्त बनाएको मा गर्व गर्ने केपी ओलीले दलितको कार्यक्रममा पनि प्रधानमन्त्रीकै बदनाम गर्न भिड खटाए, क्रिकेट मैदानमा पुगेर खेलाडीलाई प्रोत्साहन गर्ने गरी प्रम पुग्दा प्रचण्ड चोर भन्न लगाएका छन् । राजनीतिमा अराजकता र शासनमा हुकुमी शैली केपी डिजाइन हो । त्यसले एमाले सिद्धान्त, नीति, विधि प्रक्रियामा चल्दैन भन्ने कुरा ओली नेतृत्वमा आएपछिको एमालेको शैली प्रमाण हो ।
देश बनाउन सहमति जरुरी छ । विकास सबैको बराबरी हक हो । तर उत्पादनमूलक विकास लोतन्त्रको आवश्यकता हो । बजेट बिनाको योजना देशमा आवश्यक छैन । बालुवाटारबाट उद्घाटन गरेका रणनीतिक सडक र स्वास्थ्य चौकीको बजेट व्यवस्थापन थिएन । प्रचारमा त ओलीको धेरै भयो । उनको हुकुम मानेर फाइदा लिन ईश्वर पारखेलदेखि विष्णु रिमालसम्मले कमाउनु कमाए । देशकै सम्पत्ति थामसेर्कुलाई सुम्पेर कमाएको धनले एमाले कसरी दिगो राजनीति गर्छ । राष्ट्रघाती महाकाली सन्धि गर्ने केपी ओलीले १२ खार्ब १२ अर्ब नेपालले भारतबाट पाउँछ भनेकै हुन् । त्यो पैसा ओलीलाई आएकै कारण बालकोटमा जुम्ल्याहा टावर खडा भएको रहेछ भन्ने हो भने रिस कति उठ्छ ?
ओलीलाई नपचेको गणतन्त्र र संघीयताका राजावादी राप्रपाले पचाउने कुरै छैन । राजावादीलाई संसदमा प्रवेश गराउने कारकतत्व एमालेनै हो । त्यसका नायक केपी ओलीको हैकमले मुलुकमा वामपन्थी छिन्नभिन्न नै भएका छन् । वामपन्थी छिन्नभिन्न हुँदा व्यवस्थामा खतरा उत्पन्न हुन्छ । त्यसको नेता बन्ने काममा केपी ओली जुटेका छन् । जसको राजनतिमा तुक छैन । भागवण्डा पहिलो प्राथमिकतामा राखेका दलहरूलाई कुर्सीकै कारण कुनै सानो दलले सत्ता त्याग्यो भने प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनु पर्ने व्यङ्ग संसदमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गर्नु नौलो भएन । देश भन्दा आफू ठूलो जनता भन्दा परिवार, नाता, कुटुम्ब ठूलो ठान्ने गलत प्रवृत्तिको शिकार भएको गणतन्त्रले ठालुकै हित खोज्छ भने त्यहाँ जन विद्रोहको झल्को देखिन्छ ।
चार जना सांसद भएको पार्टी २ वटा मन्त्री खोज्छ भने १० जना सांसद भएको माधव नेपालको कम्युनिष्ट पार्टी ४ मन्त्रालयमा च्याँखे थाप्छ भने काँग्रेसले ९ मन्त्रालय खोज्नु कुन नौलो भयो । जबकि काँग्रेस सत्ता बिना टिक्न नसक्ने पार्टी बन्दैछ । काँग्रेसमा देखिएका ठूला दुई गुट छन् । संस्थापनका आँकाक्षीहरू दर्जन छन् । कृष्ण सिटौला समेत १ सिट मन्त्रीको दाबेदार बनेका छन् । काँग्रेस सत्ताको ठूलो घटक भएको कारण मिलाउने दायित्व लिनुपर्छ । सरकार बन्नुको कारणका बारेमा सबै दलको धारणा मिल्नु पर्छ । वर्तमान संसदमा कसैको बहुमत छैन । एक पार्टीको बहुमत नहुँदा मिलिजुली बाध्यता खडा भएको हो ।
अहिले काँग्रेस ८८, माओवादी ३२, रास्वपा १९, जसपा ११, समाजवादी १०, लोसपा ४, जनमत ६, नागरिक उन्मुक्ति पार्टी ५, डाक्टर बाबुराम, चित्रबहादुर, प्रभु शाह, डा. अमरेशकुमार सिंह गरी प्धानमन्त्रीलाई विश्वासको मत १७२ संसदद्वारा प्राप्त भयो । सरकारसँग प्रधानमन्त्री समेत २५ मन्त्री राख्ने हैसियत छ भने गठबन्धनमा सहभागी दलहरू जसपा र समाजवादीले ४÷४ मन्त्रालय दाबी गर्दा साना दल लोसपा, नागरिक उन्मुक्ति जस्ता ४ सांसद भएका दलले २÷२ मन्त्रालयको अपेक्षा गर्ने र एउटामा चित्त बुझाउने नै हुन् । मन्त्री धेरै ठूलो बजेट खोज्नेले कामको रफ्तार देखाएको विगत छैन । त्यसमा पनि उपेन्द्र यादवको पार्टी अप्ठ्यारो गर्छ । समस्या चर्काउने काममा उपेन्द्र अगाडि छन् । उनको पार्टीले मधेश प्रदेश सरकारको नेतृत्व लिएर जनताको हितमा केही गरेन । किनिक छोरी चेली त्यही मधेशमा असुरक्षित छन् । साहुकरले त्यही गरिबमाथि शोषण गरेका छन् । निमुखाको शोषण त्यही छ । जातीय विभेद त्यहाँ बढी छ । दाइजोको कारण त्यहाँ छोरी बुहारी जलाइन्छन् । अशिक्षा त्यही छ । तर उपेन्द्र यादवको पार्टी आफ्नै एजेन्डा बिर्सेर संघीय सत्तामा भाग ठूलो खोज्दैछ । एकल नश्लिय चिन्तनको भने विरोध गर्ने उपेन्द्रले आफू भने पार्टी सरकारमा यादव बाहेक अरुलाई मौका दिएका छैनन् । पार्टीका वरिष्ठ नेतालाई संसदीय दलको नेता नदिएर यादवलाई नै दलको नेता बनाएका उपेन्द्र विरुद्ध जनमत पार्टी मधेशमै सक्रिय छ । जुन पार्टीले सप्तरी २ बाट उपेन्द्रलाई पराजित ग¥यो त्यसैले बारा २ बाट उपचुनाव हराउने घोषणा गरेको छ ।


सम्बन्धित समाचार