Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । १० जना सांसद रहेको एकीकृत समाजवादीमा माधव नेपाल बाहेक सबैलाई मन्त्री चाहिएको छ । तर मन्त्री हुने बेलामा राष्ट्रियसभाका सांसद रहेका बेदुराम भुसालले बाजी मारेका छन् । एकीकृत समाजवादीले वेदुराम भुसाल र प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ । पार्टी उपाध्यक्ष तथा राष्ट्रिय सभामा दलका नेता रहेका भुसालको नेतृत्वमा प्रतिनिधिसभामा प्रमुख सचेतक प्रकाश ज्वाला सरकारमा सहभागी हुने भएका हुन् । पार्टीको पदाधिकारी बैठकले दुवै जनालाई सरकारमा पठाउने निर्णय गरेको हो । यद्यपि उनीहरूलाई कुन कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारे यकिन भइसकेको छैन । उपाध्यक्ष भुसालले पार्टीले दुवै जनालाई सरकारमा पठाउने निर्णय गरेको जानकारी दिए । उनले भने, मलाई र प्रकाश ज्वालालाई सरकारमा पठाउने निर्णय भएको छ । प्रधानमन्त्रीकहाँ नियुक्तिका लागि नाम पठाउने निर्णय भएको हो । एकीकृत समाजवादीले तीन मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएकोमा अन्तिममा दुई मन्त्रालयमा सहमति जुटेको बताइएको छ । सत्तारुढ गठबन्धनका नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल