Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बुद्धिरामलाई घातक रोगको १५ लाख बिमा रकम हस्तान्तरण

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडकोे चमत्कारिक बचत खाता योजना अन्तर्गत १८ प्रकारका घातक रोग लागेमा ग्राहक महानुभावहरुलाई १५ लाख बिमा रकम प्रदान गर्ने सुविधा अन्तर्गत बैंकले अर्घाखाँचीका बुद्धिराम भुसाललाई बिमा रकम वापतको चेक हस्तान्तरण गरेको छ । चमत्कारिक बचत (डाइमण्ड) खातावाल अर्घाखाँची जिल्ला, अर्घा गाविस वडा नं २ निवासी बुद्धिराम भुसाललाई क्यान्सर रोग लागेको र उक्त खाता अन्तर्गत क्यान्सर लगायतका १८ घातक रोग लागेका खातावालहरुलाई रोग पहिचान हुने बित्तिकै प्रदान गरिने बीमा वापतको रकम १५ लाखको चेक निज खातावालका छोरा मनोज भुसाललाई हस्तान्तरण गरिएको हो ।
बैंकको केन्द्रीय कार्यालय थापाथलीमा आयोजित एक समारोहका बीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त चेक हस्तान्तरण गरे । आम सर्वसाधारणले विभिन्न घातक रोगहरुको उपचारका लागि उठाउनुपर्ने आर्थिक भार वहन गर्न सघाउ पु¥याउने हेतुले बैंकले विभिन्न निक्षेप खाताहरु खोल्दा नै विभिन्न घातक रोगहरुको बीमा सुविधा लगायत अन्य विभिन्न सुविधाहरु प्रदान गर्दै आएको छ ।