Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा ३५.३७ अंकको पहिरो, करीब छ अर्बको कारोबार

काठमाडौं । लगातार चार दिन घटेको शेयर बजारमा आज करेक्शन देखिएको छ । चार दिनमा १३५.५९ अंकले उचालिएर २१८६.३६ अंकमा पुगेको बजार आज भने ओरालो झरेको हो ।
गत साताको अन्तिम दिन असार ६ गते बिहीबारदेखि बढेको शेयर बजार आज उच्च अंकले घटेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३५.३७ अंकले घटेको हो । १.६२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २१५०.९९ अंकमा झरेको हो ।
आज २८० कम्पनीका १ करोड ३३ लाख ४२ हजार ९ सय ९६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४ सय ८१.४५ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि आज हिमालयन लाइफ, बीपीडब्लू लघुवित्त र सिटी होटलका लगानीकर्ताहरुले सबैभन्दा बढी क्रमशः १०, १० र ९.९९ प्रतिशतले नाफा कमाएका छन् ।
त्यसैगरी आज इङ्वा हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.६४ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज हिमालयन लाइफको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ८३ करोड ७० लाख ३६ हजार ७ सय ९१.९० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार बजार ६२.२१ अंकले बढ्दा ६ अर्ब ४९ करोड ४ लाख १२ हजार ६ सय ६५.८९ रुपियाँ, सोमबार ११.६९ अंकले बजार बढ्दा ५ अर्ब ३१ करोड २४ लाख २२ हजार ८७.२७ रुपियाँ र हिजो मंगलबार ५६.९४ अंकले बजार बढ्दा ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार ७ सय ४०.४८ रुपियाँ बराबरको कारोबार भएको थियो ।
अघिल्लो साताको अन्तिम दिन असार ७ गते बिहीबार ४.७५ अंकले बजार बढ्दा ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५ सय १.६० रुपियाँ बराबरको कारोबार भएको थियो ।


सम्बन्धित समाचार