Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । नेपाल टेलिकमको भ्रष्टाचारले अख्तीयारलाई समेत अलमल बनाएको छ । काँग्रेसको कार्यकालमा नियुक्ति भएपनि एमालेका गोकूल बास्कोटाले बनाएको योजना अनुसार भर्ति भएका सुरवाण मुद्रण केन्द्रका कार्यकारी विकल पौडेल अख्तीयारवाट डामीएका छन् । उनको मुद्धा विशेष अदालतमा छ । उनकै टीमका सुनिल पौडेल चिनको हुवावे कम्पनीलाई मिल्नेगरी टेलिकममा ठेक्का संझौता गर्दा विवादमा छन् ।
फोरजीको नाममा हुवावे कम्पनीलाई काम दिएर टेलिकमको गुणस्तर खस्कदो निजी कम्पनीको एनसेलको उकासीदो बनाईएको हो । एनसेलको ठेक्का पनि त्यसैले लिएको थियो । टेलिकमका इन्जिनीयरहरु सरकारी स्वामित्वको टेलिकमको गुणस्तर घटाएर एनसेलसँग पैसा खान्छन् । कार्यकारी निर्देशक बनेर सुनिल पौडेल आँफै सुस्त र लोसे हुँदा सेवामा गुणस्तर छैन् । पौडेललाई पइन्ट अफ इन्टरकनेक्ट सिष्टमलाई १ अर्व भुक्तानी दिलाएर ११ करोड पचाउन खोज्दा जालमा आँफू परेको हेक्का कति छ ? उनले त्यो ख्याल गरेका छैनन् ।
फोरजी सेवाका लागि कम्युनिकेशन सर्भिस इन्टर नेशनलले पाएको ठेक्का पनि विवादमै थियो । टेलिकमको सेवामा गुणस्तर छैन् । विकल पौडेल र सुनिलको गिरोहले दूरसंचारको क्षेत्रमा अपराध गर्दै छ । नेशनल पेमेण्ट गेट वे मा भएको अनियमिततालाई अख्तीयारले होइन भन्न सक्दैन् । पैसा र पहुँचको मुद्धा कमजोर बनाउन सके पनि भ्रष्टाचार भ्रष्टाचार नै हुन्छ । एण्डी शियल प्वाइन्टको बोल पत्रमै अन्य कम्पनी प्रवेश गर्न नदिनु भनेको भ्रष्टाचारको शुरुवात मात्र होइन त्यही कम्पनीले सेवा विस्तार गरेको फोरजी एनसेलले गुणस्तरीय टेलिकमको गुणस्तरहिन कसरी भयो ? अख्तीयार त्यस तर्फ गएकै छैन् । कम्पनी चीनको प्रतिस्पर्धा गर्ने हङकङबाट त्यसैमा कैफियत छ । जुन कम्पनी अमेरिकामा प्रतिवन्ध छ । २०२१÷०२२ मा यो बोलपत्र रद्ध भएको थियो । त्यो बेला अन्य ३ कम्पनीलाई प्रतिस्पर्धामा भाग लिन दिइएन् । त्यो समयमा गोकूल बास्कोटाको योजनामा मुद्रणमा विकल टेलिकममा सुनिल भित्र्याइएका हुन् । सुनिललाई टेलिकममा भित्र्याउने योजना नै हुवावे हो ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल