Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अडिट रिपोर्ट कुर्दै एनसीसी बैंक

काठमाडौं । आफ्नो अडिट रिपोर्ट कुरेर बसेको एनसीसी बैंकले रिपोर्ट आएको तीन महिनाभित्र साधारणसभा गर्नुपर्ने कानुनी प्रावधानलाई कुरिरहेको छ । बैंकलाई नेपाल राष्ट्र बैंकले उसको अडिट रिपोर्ट अध्ययन गरेपछि साधारणसभा गर्ने बाटो खुल्ने बताइन्छ । यसैबीच, नेपाल क्रेडिट एण्ड कमर्स बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फंत पठाएको पैसा एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरूबाट बैंकका ग्राहकहरmले आफूलाई पायक पर्ने शाखाबाट भुक्तानी लिन सक्ने छन् । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र भाटभटेनी मनी ट्रान्सफर तर्फबाट प्रबन्धक निर्देशक राजनकुमार अमात्यले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो । एनसीसी बैंकले आफ्ना १२० वटा शाखाहरूबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ८१ वटा एटीएमहरू सञ्चालनमा रहेको छ । यसैबीच, नेपाल क्रेडिट एण्ड कमर्स बैंक र ग्राण्डी इन्टरनेसनल अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरmलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रमेश राज अर्याल र ग्राण्डी अस्पतालका तर्फबाट मार्केटिंग विभाग प्रमुख श्री दिनेश पौडयालले हस्ताक्षर गर्न‘भएको छ । सम्झौता अनुसार, अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरmले ग्राण्डी अस्पतालका सेवाहरmमा विशेष छुट पाउनेछन् । बैंकका ग्राहकहरmले उक्त छुट, बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२० वटा शाखाहरूबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ८१ वटा एटीएमहरू सञ्चालनमा रहेको छ ।