Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डोनाल्ड ट्रम्पविरुद्ध चौथोपटक फौजदारी अभियोग

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि २०२० मा भएको राष्ट्रपति निर्वाचनमा धाँधली गरेको आरोप लागेको छ । सोमबार पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध सो आरोप लगाइएको हो ।

ट्रम्पले सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा जर्जियामा निर्वाचनका दौरान धाँधली गरेको आरोप लागेको एक स्थानीय सञ्चारमाध्यमले जिकिर गरेको छ । यस वर्ष पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध दायर भएको यो चौथो फौजदारी अभियोग हो ।

यसअघि, ट्रम्प र अन्य १८ जनाविरुद्ध दक्षिणपूर्वी अमेरिकामा आपराधिक आरोप लागेको थियो । ट्रम्पविरुद्ध राज्यको ¥याकेटियरिङ ऐन उल्लंघन गर्ने, सरकारी अधिकारीलाई आफ्नो शपथ उल्लंघन गर्न आग्रह गरेको, सरकारी अधिकारीको नक्कल गरेको, राज्यविरुद्ध षड्यन्त्र गरेकोलगायतका १३ वटा मुद्दा लगाइएको थियो ।

अहिलेको अभियोग भने फुल्टनका जिल्ला न्यायाधिवक्ता फानी विलिसद्वारा साढे दुई वर्षको अनुसन्धानपछि लगाइएको हो । फुल्टन काउन्टी ग्रान्ड जुरीद्वारा जारी गरिएको ४१ पन्ने अभियोग पत्रमा उनी र अन्य १८ जनालाई ठगीको मामिलामा अभियुक्त बनाइएको छ र उनीहरूमाथि अभियोग चलाइनेछ ।

ट्रम्पले सबै आरोप खारेज गर्दै आएका छन् । फेब्रुअरी २०२१ मा फुल्टन काउन्टीका जिल्ला अधिवक्ता फानी विलिसले ट्रम्प र उनका सहयोगीविरुद्ध चुनावी हस्तक्षेपको आरोपमा अनुसन्धान सुरु गरेका थिए ।

अभियुक्तको सूचीमा ट्रम्पका पूर्ववकिल रुडी जिउलियानी, ह्वाइट हाउसका पूर्व चिफ अफ स्टाफ मार्क मेडोज, ह्वाइट हाउसका पूर्वसल्लाहकार जोन इस्टम्यान र न्याय विभागका पूर्वअधिकारी जेफ्री क्लार्कको नाम छ ।


सम्बन्धित समाचार