Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । नाँच्न जान्दैन आँगन टेंढो भने जस्तै भएको छ । संसदको प्रमुख प्रतिपक्ष र सरकारबीचमा सुन प्रकरणको छानविन सम्वन्धी लडाँइ । सरकारले केन्द्रीय अनुसन्धान व्यूरोलाई राजस्व अनुसन्धान विभागको छानविन पनि सम्पनुको कारण संगठित अपराध देश भित्र मात्र होइन विदेशसँग पनि जोडिएको देखिनु हो । प्रहरीले विदेशी अपराधीको संम्लग्नता इन्टरपोलको सहायतावाट जति पत्ता लगाउँछ भागेकालाई पक्रन्छ उच्चस्तरको छानविनबाट त्यो सम्भव छैन् । गृह र अर्थमन्त्रीसँग वयान लिन सक्छ । विगतमा भएका छानविन निष्कर्षमा पुगेनन् । समितिले दिएका प्रतिवेदन थन्क्यो वस्यो । ३८ किलो सुन ३३ किलो सुन प्रकरणको छानविन भयो कारवाही कसैलाई भएन सुन पत्ता पनि लागेन । नेकपा एमालेले त्यो बुझेको छ । एमालेको शासन काल भ्रष्टाचार र वेथितिमा चर्चित थियो । त्यो बेला एयरपोर्टबाट भित्रिएको सुन वा कुनै बहुमूल्य धातु पक्राउ परेन् । बरु रसुवाबाट भित्रिएको सुन धादिङमा प्रहरीले पक्रीयो काठमाण्डौमा आउँदा पित्तल भयो । राजस्व अनुसन्धान प्रधानमन्त्री कार्यालयको मातहत ल्याईएको रहस्य खुल्यो ।
अहिले एमालेले सिआइविलाई नपत्याउनुको कारण अर्थमन्त्री र गृहमन्त्रीमाथी पनि छानविन गर्नुपर्छ भन्ने कुरा देखाउनका लागि भएपनि भित्रि पाटो आफ्नो हुकुमी शासनका बेला भएको लुट थामसेर्कू, एती समूह, गिरिवन्धु टिस्टेट, ओम्नी, वाईडबडी भुत्तानी, पशुपति धर्मशाला, नेपाल ट्रष्टको जमीन भाडा काण्ड, सेकुरिटी प्रेस, संरक्षण मुद्रणजस्ता एक दर्जन काण्डका संरक्षक केपी ओली भएकोमा किन नाटक गर्नु पर्यो ? अरुलाई भन्नेले आँफू चोखो छु भन्ने देखाउने आँट नगर्ने सरकारले सिआइविलाई दिएको जिम्मामा अवरोध गर्न उत्सुक हुनुको कारण यही हो । गृहमन्त्री एवं उपप्रम नारायणकाजी श्रेष्ठलाई आरोप लगाउने ठाँउ छैन् । जहाँ नेपाल प्रहरीको कुनै सहभागिता अनिवार्य उपस्थिती नै छैन् । भन्सार कर्मचारी, भन्सार एजेन्ट नै सामान भित्र्यिाउने काममा रहने व्यवस्था केपी ओली ४१ महिना शासन गर्दा फेरेको भए हुन्थ्यो । त्यो बेला भत्के विग्रेका सपार्न कसैले चासो दिएन् । नक्कली विकास घरघरमा ग्याँस, चुच्चे रेल, हावाबाट बिजुली, पानी जाहाजका कुरा कल्पनामा थिए । बजेटको व्यवस्था नगरी निर्वाचन क्षेत्र अस्पताल रणनीतिक सडक बालुवाटारबाट स्वीच थिचेर उद्घाटन भयो काम कहाँ भयो हल्ला बाहेक ?
आँफू हल्ला मात्र गर्ने काम नगर्ने जनताका आँखामा छारो हाल्दै साईवर स्यालहरुलाई हल्ला गर्न लगाएर के फाईदा भयो ? सरकारले विकृति विरुद्ध प्रहार गर्दा विपक्षीले सरकारलाई सघाउने हो । तर एमालेले सरकारले गरेका कुनै कामको साथ दिएको छैन् । आँफू दुष्ट नभएको भए पूस १० गते भएको सहमति पूस २६ गतेसम्म पुग्दा सहमति तोडिएको कारण केपी ओलीको दिमागमा किन पसेन ? समस्या एकै पटक आए । मिटर व्याज, सहकारी ठगी, निजी विद्यालयको लुटमा एमालेको बाहुल्य छ । एमालेको नेतृत्वमा सरकार बन्दा कुन ठाँउ सुध्रियो ? प्रहरी उसकै संगठन भयो, निजामति प्रशासन त्यस्तै भयो । अस्पतालहरु सुधारिएका थिएनन शिक्षा निशुल्क भएन । अर्कालाई भन्दा आँफू शुद्ध हुनुपर्छ । पैसाका लागि देशकै नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर खाने प्रकृया एमालेले शुरु गर्यो काँग्रेसका खाँड थपिए ।
मानव हत्याका दोषी लक्ष्मी कोइरीलाई सांसदको टिकट दिने को हो ? टोपवहादुरलाई पक्रनै हुन्न भन्ने को हो ? अर्कालाई मनपरी भन्नेले आँफूले राम्रो गरेको के छ ख्याल किन गरिदैन् । प्रहरीको सिआईवि विरुद्ध एमाले लाग्नुको कारण उच्च स्तरीय छानविन समिति बनाउँदा आफ्ना समयका एक दर्जन कूकर्म थान्को लगाउन पाईयोस भन्ने भित्री उद्धेस्य लिएको छ भन्ने कुरा लुकाएर लुक्दैन । यी कुरा त बारम्बार उठछन् ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल