Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । पूर्वाधार तथा विकास समितिको सभापति राप्रपाले पाएपछि माओवादी केन्द्रका सांसद माधव सापकोटा आउट भएका छन् । १० वटा विषयगत समितिमध्ये माओवादी केन्द्रले विकास समिति र कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति पाएको थियो ।
तीमध्ये विकास समितिको सभापतिमा सापकोटा र कानुनमा विमला सुवेदीलाई बनाउने तयारी गरेको थियो । सोही बमोजिम सापकोटालाई बिहान १० बजे माओवादी संसदीय दलको कार्यालय बोलाइएको थियो । तर अन्तिममा गठबन्धन दलले रास्वपा र राप्रपालाई समेत सभापति दिने निर्णय गरेपछि कांग्रेस र माओवादी एकरएक समिति घटुवामा परेका हुन् ।
माओवादीले पाएकामध्ये एक समिति रोज्न राप्रपालाई दिइएको थियो । दुईमध्ये रापप्रपाले विकास समिति रोजेपछि सापकोटा आउट भएका हुन् । पूर्वाधार तथा विकास समितिको सभापति राप्रपाबाट दीपक सिंह उम्मेदवार हुने भएका छन् । सहमतिका लागि हामीले पाएको समितिमध्ये विकास समिति राप्रपालाई दियौं, माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल