Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गिरीबन्धु काण्ड खोतलिँदै

उपलब्धीहिन संसद अवरोधमा आफ्नै पार्टीका उपाध्यक्ष संसदीय दलका उपनेता सुभाष नेम्वाङको असन्तुष्टि १९० डिग्रीबाट एकाएक ८० डिग्री झुकेर एक महिनापछि अर्थात प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको निर्धारित समय समाप्त भएपछि केपी ओलीको झेली आयोग बन्ने सहमति भएको छ । केपीले पार्टी नेतृत्व लिएपछि नेकपा एमाले भ्रष्टाचार र बेथितिको भण्डार भएको छ । एमाले भ्रष्टाचार विरुद्ध मात्र होइन कुनै दिन महंगी नियन्त्रण, कालो बजार अन्त्यसम्मको सडक प्रदर्शन गरेको छैन । केपीको चाकडी गर्न पुग्नेहरू जस्तो सुकै भ्रष्ट भए पनि कारबाही गर्न पाइँदैन । कानुनले केपीलाई संविधान भन्दा माथि ठान्दैन । तर केपीको निर्देशन र हुकुम कानुन भन्दा माथि छन् । पढेर पनि बुद्धु भएको कानुन जानेर कानुनको खिल्ली उडाउने योगेश भट्टराईहरू देशको राष्ट्रिय ध्वजाबहाक कम्पनी वायुसेवा निगमको ८० अर्बको सम्पत्तिलाई ४० प्रतिशत शेयर बनाएर हिमालयन एयरलाइन्सलाई सुम्पने गरेको तयारी फर्दाफास भएको छ । तिनै योगेशहरू केपी ओलीको दाश बनेर आफ्नो विवेक बन्धकी राखेका छन् । वित्तीय अपराध घटेको छैन । ओलीले आफ्नो समयमा ४ किलो सुन पित्तल भएको कुराको हेक्का राखेनन् । साउन भर सरकारले बजेट बाँडफाँडमा समय दिन बाध्य हुन्थ्यो । काम गरेको ठेकेदारले रु १० अर्ब भुक्तानी नपाउने तर मिटर ब्याज प्रकरण, शहकारी र लघुवित्तको ठगीमा विपक्षको साथ हुने अवस्था कसरी भयो ? विपक्षी दल भएको कारण कम्युनिष्टले जनताको सेवा गर्छन् भन्ने थियो । तर केपी ओली पार्टी अध्यक्ष भएदेखि नेकपा एमाले सडकमा आएको छैन । हरेक ठाउँमा भ्रष्टाचार बढेको छ । स्थानीय तह भ्रष्टाचारले चुर्लुम्म छन् । जहाँ नेकपा एमालेका नेता कार्यकर्ता हर्ताकर्ता छन् ।
एमालेको इच्छाअनुसारको झेली आयोग असोज ५ गते बन्नेछ । त्यो आयोगले एमाले र काँग्रेसका भ्रष्ट, तस्कर जोगाउनेछ । आफ्नो गुटका लुटाहा जेल पर्दा आतंकित केपी ओलीले माओवादीका कृष्ण महरालाई जेल कोच्ने योजना बनाएका छन् । लोकतन्त्र स्थापनापछि बनेका कुनै पनि आयोगले दिएका प्रतिवेदन कार्यान्वयनमा नल्याउने यिनै दल हुन् । आयोग बनेपछि कुनै पनि अपराधको उचित छानविन हुँदैन । आफ्ना कार्यकर्तामाथि कारबाही पनि हुँदैन भन्ने कुरामा ओली ढुक्का छन् । जनताको सरोकारका विषयमा नेकपा एमाले र त्यसका भगिनी संगठनहरूलाई चासो छैन ।
पञ्चायतले गर्न नसकेको गिरीबन्धु टि स्टेटको हदबन्दीको जमीन फुकुवा गरी चिया बगान स्थानान्तरण गर्दा कानुनमन्त्री शिवमाया तुम्बाहाम्फे, भूमिसुधारमन्त्री पद्मा अर्याल थिए । तत्कालिन सचिव टेकनारायण पाण्डे पनि यहाँ जोडिए । गिरिबन्धुसँग जोडिएका दिपक मलहोत्राले मन्त्री अर्याललाई डिल्लीबजारको अपार्टमेन्ट र कोरियन गाडी चढाएका थिए । अर्याल त्यही गाडी चढ्छिन् मलहोत्राको अपार्टमेन्टमा बस्दै आएकी छिन् । झापाका दुर्गा प्रसाईले केपीले २५ बिघा देउवा पत्नी डा. आरजु राणाले ३० बिघा जग्गा पाएको बताउँछन् ।
कानुन बनाएर देश लुट्न सफल नेकपा एमालेको केपी गुटलाई आफैंले खनेको खाडलमा आफैं पर्ने डर छ किनकि अपराध गर्ने धेरै एमालेका छन् । मिटर ब्याज, शहरीको ठगी जस्ता कुरामा एमालेका धेरै छन् । आयोग बनाउँदा आफ्ना जोगाउन पाइन्छ तर शक्तिशाली अधिकार प्राप्त भयो भने प्रधानमन्त्री, मन्त्री समेत तानिन्छन् । सिआईबीको अनुसन्धानमा ठगी हुन्न । एमालेले त्यसलाई नपत्याउनुको कारण राजनीतिक ढाकछोप गर्न नपाइनु नै हो । एमाले कालका नीतिगत लुटका एक दर्जन काण्ड छन् । मुखले जे बोले पनि एमालेका महाराज थर्कमान हुन पर्नुको कारण सिआईबीको दरिलो अनुसन्धान नै हो ।


सम्बन्धित समाचार