Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। मकवानपुरमा नक्कली नोटसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
हेटौंडा उपमहानगरपालिका(१५ चुरीयामाई मन्दिर नजिकबाट रौतहट कटहरीया नगरपालिका(६ बस्ने १९ वर्षीय धर्मेन्द्र महरा र सोही नगरपालिका(१ बस्ने २१ वर्षीय दीपेश दासलाई पक्राउ गरिएको हो।
प्रहरीले उनीहरूको साथबाट १ हजार दरका ९५ थान नक्कली नोट बरामद गरेको छ।
धर्मेन्द्र र दीपेशलाई नक्कली नोटसहित नियन्त्रणमा लिए पछि बयानको आधारमा प्रहरीले राक्सिराङ गाउँपालिका २ बस्ने ४० वर्षीय विजय तामाङलाई समेत पक्राउ गरेको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल