Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धमेन्द्र बास्तोलाले सत्तारुढ तीनदल र संसद बाहिरको नेकपा मिलेर बनेको समाजवादी मोर्चाको कुनै भविष्य नरहेको बताएका छन् ।
आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बास्तोलाले उक्त मोर्चा संसदवादलाई संस्थागत गर्न र प्रधानमन्त्री प्रचण्डको सत्ताको आयु लम्ब्याउन मात्रै प्रयोग भएकाले छिटै पतन हुने दाबी गरे ।
मोर्चामा रहेका दलहरुबीच वैचारिक र सैद्धान्तिक विषयमै ठूलो मतभेद रहेकाले यसको आयु धेरै नहुने उनले बताए ।
आगामी चुनावसम्म यो मोर्चा कायम रहेर चुनावमा गए एक सिट पनि नजित्ने उनको दाबी छ ।
‘समाजवादी मोर्चाले जनजीविका, राष्ट्रियताको रक्षा गर्दैन,यसले संसदवादलाई संस्थागत गर्छ,प्रचण्डलाई सत्ता टिकाइराख्न बार्गेनिङ टुल्सको काममात्रै गर्छ,’प्रधानमन्त्री प्रचण्ड र विप्लवकापुर्व सहकर्मी समेत रहेका बास्तोलले भने,’यो मोर्चा पतनको बाटोमा छ,चुनावमा गए एक सिट पनि जित्दैन भनेर प्रचण्डलाई पनि भनिदिएको छु ।
प्रवक्ता बास्तोलाले अहिलेको संसदीय व्यवस्थामा नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री भएको खण्डमा प्रचण्ड भन्दा पनि खराब भएर निस्कने आरोप लगाए ।
नेता बास्तोलाले राष्ट्रिय स्वतन्त्र पार्टीलगायत नयाँ दलहरुले पनि देश चलाउन नसक्ने बताए । उक्त पार्टीका अध्यक्ष रवि लामिछानेमाथि अमेरिकामा रहँदा बैंक ठगीलगायत थुप्रै मुद्दा रहेको जिकिर गर्दै बास्तोलाले उनी नेतृत्वको पार्टी देशका समस्याहरुको समाधान नभएको बताए ।
‘रवि लामिछानेले देशको अवस्था बदल्छौं भन्ने नारा ठीक छ तर उनको पार्टीबाट देशको अवस्था बदलिन्छ भन्ने कुरा भ्रममात्र हो, उनी स्वयंमाथि थुप्रै नैतिक प्रश्न उठिसकेका छन् ।
मुलुकमा भ्रष्टाचार नीगित र संस्थागत भएकाले अहिलेको संविधान र कानून नबदलेसम्म ठूला भ्रष्टाचारमा कोही पनि कारबाहीमा नपर्ने उनको तर्क छ ।
केही दिनअघि चिनियाँ राष्ट्रपतिले दिएको अभिव्यक्तिको शैली सही नभए पनि सारमा उनको भनाइ सही भएको बास्तोलाले टिप्पणी गरे ।
नेपालमा समाजवादी र स्वाधीन अर्थतन्त्रनभएको भन्ने चिनियाँ राजदूतको भनाइ सही भएको उनले बताए ।
एमसीसी र एसपीपी कार्यान्वयनमा आएको खण्डमा नेपाल युक्रेन, घाना र कंगो जस्तै हुने उनको दाबी थियो ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल