Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कता लुक्यो यिनको राष्ट्रवाद

काठमाण्डौ । एमाले अध्यक्ष केपी ओलीजस्तो राष्ट्रवादी र देशभक्त अरु छैनन् । उनले आफु प्रम भएको वेला नेकपाको बलमा भारतले अतिक्रमण गरेको भू–भाग समेटेर चुच्चे नक्सा संसदबाट पारीत गराए । त्यसलाई रणनीतिक नक्सा पनि भनियो । सवै दलले स्वीकार गरे तर भारतले पत्याएन । त्यो नक्सा संसदले पारीत गरेपछि केपी ओली र उनका मान्छे पटक पटक भारत गए फर्किए । तर भारतीय शासक वर्गसँग त्यो कुरा राखिएन् ।
अहिले उत्तरको छिमेकीले समेत ओली कालको चुच्चे नक्साको चासो दिएन । अर्थात नेपालले आफ्नो गुमेको भू–भाग समेटेको नक्सालाई छिमेकी चिनले मतलव राखेन । त्यही वेला उनै राष्ट्रवादी केपी ओलीको पार्टीका महासचिव शंकर पोखरेल पार्टीका स्थाई समितिका सदस्य डा. राजन भट्टराई प्रचार विभाग प्रमुख राजेन्द्र गौतम समेतको लस्कर चिन भ्रमणमा गएको छ ।
मान्छे अराजक भएपनि देशको राष्ट्रियताको सवालमा वोल्ने काठमाण्डौका मेयर वालेन साहले चीन भ्रमण रद्ध गरे । उनले नेपालको राष्ट्रियतामाथि अपमान भयो भनेर चिन भ्रमण गरेनन् । तर केपी ओलीले आफ्नै घोषणा आफ्नै एजेण्डामा छिमेकीले वास्ता नगर्दा कुनै प्रतिकृया जनाएनन् । ओलीकै सनकमा नेपालले २०५४ सालमा राष्ट्रघाती महकाली सन्धि पारीत गर्यो । त्यो सन्धि लागू भएपछि सूर्य पश्चिमबाट उदाउछ भन्ने पशुपति शम्सेर जवरा, विद्युत स्याट लाइटबाट चीनमा वेच्ने वताउने माधव नेपाल सन्धिबाट नेपालले हरेवर्ष १२ खर्व १२ अर्व भारतबाट पाउँछ भन्ने केपी ओली अहिले संसदीय राजनीतिमा स्वार्थ वस कुदेकै छन् । तर नेपालको सीमा अतिक्रमण गर्ने भारतमा नेरेन्द्र मोदी जस्ता हिन्दूवादी नेता सत्तामा रहदा हिन्दूत्वको जड नेपाल भने सीमाका वारेमा पिडित छ । एमालेले मौकाको फाईदा लिनका लागि यस्ता मुद्धा उठाउछ फाइदा भएन भने त्यो विषय छोडछ भन्ने कुरा केपी ओलीको राष्ट्रवादले छलङ्ग बनाएको छ । पराराष्ट्र मन्त्रालयले चुच्चे नक्साका वारेमा चीनको रवैया प्रति असहमति जनाएर नोट अफ डिसेण्ट पठायो । तर नक्साको मुल अभियोयजन कर्ता एमालेले भ्रमण टोली नै पठायो । काँग्रेस र माओवादीले यस्ता कुरामा चासो दिँदैनन् । कुरा उठाउने देशको ठालु वन्ने तर आवश्यक पर्दा दरिलो ढंगले प्रस्तुत नहुने केपी ओलीको राष्ट्रवाद हो । जबकि महाकालीमा केपीको अडान उनकै स्वार्थमा थियो । त्यो नक्सा राष्ट्रवादी वन्ने र राजनीति स्वार्थ लिने थियो जसरी राष्ट्रघाती टनकपुरमा देखियो ।
भारतले कव्जा गरेको क्षेत्र लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको हो भन्ने कुरा अन्र्तराष्ट्रिय जगतमा स्पष्ट पार्ने काम लोकतन्त्रवादीहरूले गरेनन् । किनकी यीनको सत्ता र कूर्सी टिकाउने अस्त्र भारत भएको कुरा जनजनले बुझेको छ । चुच्चे नक्सा पारीत भएको ३ वर्षपछि चीनले आफ्नो रणनीतिक नक्सा पारित गर्दा भारतले कव्जा गरेको नेपाली भूमि भारतमै राखेको बेला एमालेका प्रखर नेताहरू चीन भ्रमणमा गएका छन् । मौकामा स्वार्थको फाइदा लिन जसले पनि सक्छ । एमालेका केपीले राष्ट्रघाती महाकालीबाट फाइदा लिए । चुच्चे नक्साबाट पनि उनले फाईदा लिने कुनै चाहना राखेका थिए भने उनको सत्ता टिक्न सक्थ्यो । तर यो संसदको वैठकले सर्व सम्वत स्वीकार्दा केपीलाई फाइदा भएन् । राष्ट्रवादी त्यो हो जसले देशको सार्वभौम अखण्डताको रक्षाका लागि आफ्नो अडान जहाँ पनि राख्छ । तर एमालेका केपी वढी राष्ट्रवादी भएकाले उनको अडान चिनको नक्साका वारेमा देखिएन् । राष्ट्रिय स्वार्थ देखाएर मौकाको फाइदा लिनेहरूले नै देशको वदनाम गर्छन भन्ने कुरा कम्युुनिष्टमा केपी ओली मधेसमा उपेन्द्र र राजेन्द्र महतोहरू हुन् भन्ने कुरा अव छर्लंग भएको छ ।


सम्बन्धित समाचार