Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौंको न्युरोडस्थित टिपटप समोसा पसल कारबाहीमा परेको छ। काठमाडौं महानगरपालिकाले पसललाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ।
बजार अनुगमनका क्रममा अखाद्य वस्तु बेचेको पाइएपछि जरिवाना तिराइएको महानगरपालिकाले जनाएको छ। पसलले उत्पादन गरेको दूधबरी बिग्रिएको अवस्थामा पाइएको हो। महानगरपालिकाले पसल सञ्चालक दिपकराज थपलियालाई गुणस्तर कायम गर्न निर्देशन दिएको छ।
यस्तै दूधजन्य वस्तुको तापक्रम कायम राख्न, बजारमा पठाइसकेका मिठाइ फिर्ता गरेर नष्ट गर्न तथा कर्मचारी बोलीबचनमा सुधार गर्न समेत निर्देशन दिइएको छ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल