Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माछापुच्छ्रे बैंक २३ वर्षपार गरी २४औं वर्षमा प्रवेश

काठमाडौं । माछापुच्छ्रे बैंक २३ वर्षपार गरी २४औं वर्षमा प्रवेश गरेको छ । पोखरामा क्षेत्रीय स्तरको बैंकको रुपमा २३ वर्षअघि स्थापना भएको बैंकले व्यावसायिक बैंकहरुमा अब्बल स्मार्ट बैंकको रुपमा स्थापित हुन सफल भएको जनाएको छ ।

वार्षिकोत्सवका अवसरमा बैंकले विशेष कार्यक्रम गरी २० वर्षभन्दा बढी निरन्तर काम गरेका कर्मचारीलाई सम्मान गरेको छ । कार्यक्रममा माछापुच्छ्रे बैंकका अध्यक्ष डा। उपेन्द्र महतोले आगामी दिनमा अझ गुणस्तरीय बैंकिङ सेवा दिँदै थप उत्कृष्ट सुविधा प्रदान गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले स्मार्ट बैंक भन्ने मूल नाराका साथ डिजिटल इकोनोमीमा प्रभावकारी भूमिका खेल्दै आएको माछापुच्छ्रे बैंकले आजको दिनसम्म आइपुग्दा आफूलाई स्मार्ट बैंकको रुपमा स्थापित गर्न सफल भएको बताए ।

स्मार्ट तरिकाबाट ग्राहकको चाहना र आवश्यकताबमोजिम नवीनतम, विश्वस्तरीय, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्नुका साथै आफ्ना सेवालाई अझ सरल, सहज र विश्वसनीय ढंगले जिम्मेवारी बोध गर्दै राष्ट्रको आर्थिक विकासमा टेवा पुर्‍याउन निरन्तर लागि पर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

माछापुच्छ्रे बैंकले वार्षिकोत्सवको अवसर पारेर विभिन्न क्यासब्याक तथा अफर ल्याएको छ । जसको उपयोग बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधा एमबीएल एम स्मार्ट, डेबिट तथा क्रेडिट कार्ड बाट लिन सकिनेछ ।

उक्त अफरअन्तर्गत २ जना भाग्यशाली फोन पे मर्चेन्टले सामसुङ ट्याब्लेट, १ जना भाग्यशालीले ५०० रुपैयाँको क्यासब्याक प्रत्येक दिन पाउन सक्नेछन् साथै बैंकको १ जना ग्राहकले एमबिएल एम स्मार्टबाट फोन पे बिल्समार्फत बिल भुक्तानी गर्दा निःशुल्क इन्टरनेट प्याकेज पाउन सक्नेछन् । यी अफर असोज १५ देखि ३० सम्मका लागि लागू रहनेछन् ।

बैंकका ग्राहकले दराजमार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २३ प्रतिशतसम्मको क्यासब्याक ५२३ र ७२३ रुपैयाँ, नेपाल पे क्यूआरमार्फत भुक्तानी गर्दा २३ प्रतिशतसम्मको क्यासब्याक २२३ रुपैयाँ, सिटीटेकको ३ जना फिनपोस मर्चेन्टले प्रतिदिन ५२३ रुपैयाँको रिचार्ज कार्ड, सीजी डिजिटल तथा सेल्ट्रन नेपाल प्रालिले १ भाग्यशाली मेर्चेन्टलाई सीजी टिभी र सेल्ट्रनमार्फत अनर फोन पाउने व्यवस्था गरिएको थियो ।

मोकोमार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २३ प्रतिशतसम्मको २३० रुपैयाँ क्यासब्याक उडान टिकटमा र एक भाग्यशाली विजेताले टपअपमा ५० रुपैयाँ पाउने सुविधा दिइएको थियो । यी अफर असोज १ देखि सुरु भएकोमा असोज १७ मा समाप्त भएका छन् ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा र २०२ वटा एटिएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।