Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । गृह मन्त्रालयले एकैपटक ४० जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । जसअन्तर्गत ११ जिल्लामा प्रमुख जिल्ला अधिकारी सीडीओ फेरिएका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले बिहीबार एकैपटक ४० जना उपसचिवहरूको सरुवा र पदस्थापन गरेको हो । मन्त्रालयले १५ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरूको फेरबदल गरेको छ । मन्त्रालयले अध्यागमन विभागका निर्देशक खिमराज भुसाललाई सरुवा गरेर दैलेखको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ भने मन्त्रालयमै कार्यरत उपसचिव वेदनिधि खनाललाई रसुवाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तोकेको छ । बझाङमा विश्वामित्र कुइकेल, मुगुमा टोपेन्द्रबहादुर केसी, कालिकोटमा गणेश नेपाली, हुम्लामा विनोद पोखरेल, मनाङमा सुवास लामिछाने, ताप्लेजुङमा हिरादेवी पौडेल, म्याग्दीमा कृष्णप्रसाद शर्मा, सोलुखुम्बुमा देवी पाण्डे खत्री र डोल्पामा तुलसीप्रसाद दाहाललाई प्रमुख जिल्ला अधिकारी बनेका छन् । मन्त्रालयले बैतडी, सुनसरी, सल्यान, बाँके, सुर्खेत, नुवाकोट, गोरखा, काठमाडौं, तनहुँ, उदयपुर, धनुषा, सिन्धुली, नवलपरासी पूर्व, रौतहट र धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी फेरेको छ ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल